लोकतन्त्र पुनर्बहाली भएको ११ वर्ष पूरा भएको छ । दशवर्षे माओवादी विद्रोह र त्यसको जगमा भएको दोस्रो जनआन्दोलनको बलमा निरंकुश राजतन्त्रको अन्त्य भएको थियो ।
शुक्रवारको वार्षिकोत्सव तथा नयाँ वर्ष २०७४ को अवसरमा सम्पूर्ण पाठक, विज्ञापनदाता, वितरक, विक्रेता, लेखक, स्तम्भकार तथा शुभचिन्तकलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।
वरीयताक्रममा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिभन्दा आफ्नो स्थान माथि हुनुपर्ने दाबी अर्का उपप्रधानमन्त्री कमल थापाले गरेपछि सरकार तीन हप्तादेखि यही विवादमा अल्झेको छ ।
मुख्य तीन दलले वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर राजनीतिक गतिविधिलाई तीव्रता दिएसँगै मतदानमा भाग लिन आतुर जनता तथा पार्टी कार्यकर्तामा उत्साह छाएको छ ।
काठमाडौँका राजा प्रताप मल्लका छोरा नृपेन्द्र मल्ल र पार्थिवेन्द्र मल्ल हुन् । बाबु प्रताप मल्लको मृत्यु भएपछि यी दुई क्रमैले काठमाडौँका राजा भएका थिए ।
संविधान संशोधनविना स्थानीय तहको निर्वाचनमा भाग नलिने र तराई–मधेशमा निर्वाचन पनि हुन नदिने बताउँदै आएका आन्दोलनरत मधेशी मोर्चामा आबद्ध दलहरू स्थानीय तहका प्रभावशाली व्यक्तिहरूलाई पार्टी प्रवेश गराउने अभियानमा जुटिरहेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आयोजना गरेको ‘मेची–महाकाली राष्ट्रिय अभियान’ का क्रममा सप्तरीको राजविराजमा भएको घटनाको जति नै कडा शब्दमा निन्दा गरे पनि कम हुन्छ ।