मलाई पनि आनन्द लाग्ने अनि स्रोतालाई पनि मन पर्ने गीत हो यो । शंकर राजेन्द्रले लेखेको यस गीतमा संगीत र स्वर मेरो आफ्नै छ । हाम्रा पालामा र आजको समयमा पनि यो गीतको उत्तिकै भावनात्मक महत्व छ । जीवनमा कसैले चाहेको कुरा, मनका कुरा चिठ्ठीमार्फत अर्थात प्रेमीप्रेमिकाले मनका कुरा चिठ्ठीद्वारा व्यक्त गर्न नसकिएको कुरा गीतमार्फत बोलेको छु । यो मेरो जीवनमा मेल खाएको हुन सक्छ । यो मलाई एकदमै मनपर्ने गीत हो । यसको शब्द संगीत मेरो आफ्नै हो ।
स्वर सम्राट नारायण गोपालसम्बन्धी अनेकौँ किस्सा बजारमा गर्माइरहन्छन् । यस्ता किस्सामध्ये कतिपय किस्सामा सत्यता छ त कतिपय भनाइकै रुपमा स्थापित हुँदै आएका छन् । उनले गायन तथा संगीत सिर्जनाबाहेक अन्य थुप्रै काममा हात हालेका थिए । नारायण गोपालले केही समय कुल्ली कामसमेत गरेको केहीको दाबी छ । उनले पूर्वपश्चिम राजमार्ग बनेका बेला हेटौंडामा कुल्ली काम गरेका हुन् । नारायण गोपालले कुल्ली काम गर्दाको क्षणका साक्षी गीतकार भीम विरागले बकेका छन् ।
सांगीतिक क्षेत्रमा प्रवेश गर्दाताका नारायण गोपाल गीत गाउनभन्दा तबलावादनमा रुचि देखाउँथे । उनी गीत गाउन निकै लजाउँथे । वि.सं. २०१३ साल तिरको कुरा हो, त्यतिबेला रेडियो नेपालमा स्वर परीक्षा खुलेको थियो । नारायणका नजिकका साथीहरु माणिकरत्न र प्रेमध्वज प्रधानले उनलाई थाहै नदिई स्वर परीक्षाको फारम भरिदिए । तर परीक्षा हुने दिन लाज मान्दै नारयण रेडियो नेपाल जान मानेनन् । त्यसपछि माणिकरत्न र प्रेमध्वजले उनलाई तान्दै रेडियो नेपाल पु¥याएका थिए ।
युवा पुस्तामा लोकप्रिय छन्– गायक कमल खत्री । उनले आफूलाई प्रिय लाग्ने आफ्ना पाँच र अरुका पाँच गीतबारे शुक्रबारलाई यसरी बताए । । गीतका शब्दले एकदमै मन छोएर रेकर्ड गराएको थिएँ । स्रोता दर्शकले पनि यो गीत अत्यन्त मन पराइदिनु भएको छ । त्यसैले पनि यो गीत मलाई पछिल्लो समयमा एकदमै मन पर्छ ।
कतिपय गायक–गायिकाका गीत सार्वजनिक भएको पहिलो चरणमा हिट नभएका थुप्रै उद्धाहरण पाइन्छन् । यस्तै एउटा गीत हो ‘सायद तिम्रो बाटोमा’ । मंगोलियन हार्टका लागि गायक राजु लामाले गाएको यो गीत पहिलो पटक सार्वजनिक हुँदा श्रोताले रुचाएका थिएनन् ।
अमेरिकाका सात सहरमा कन्सर्ट गरेर केही समयअघि मात्र नेपाल फर्किएको रकपप ब्यान्ड ‘अभया एन्ड द स्टिम इन्जन्स’ले राजधानीको ओलम्पिया वल्र्ड स्कुलमा सांगीतिक प्रस्तुति दिएको छ । अभया एन्ड द स्टिम इन्जन्स स्कुलको सातौं वार्षिकोत्सवको अवसरमा आयोजित ‘ओलम्पिया फेट (मेला)’ मा विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिकालाई सांगीतिक माहोलमा झुमायो ।
१६ औँ एल्बम ‘लभ ब्यालेट्स’ बजारमा ल्याएसँगै गायक धीरज राईले आफ्नो गायकीको २५ वर्ष पूरा गरेका छन् । यत्तिका वर्षमा उनले आफूलाई स्थापित मात्र गरेनन्, सफलताको उचाइलाई निरन्तर व्यवस्थापनसमेत गरे । सफल गायकका रुपमा दरिन एक समय गाह्रो हुन्छ तर सफल भइसकेपछि सफल रहिरहन झन् बढी साह्रो हुन्छ ।
दार्जिलिङकी दिलमाया खाती ‘खोलाको दुई किनार भो, तिम्रो र मेरो पिरती’ र ‘बिछोडको पीडा नसकी खप्न दसैँको बेलामा’ लगायतका गीतका कारण नेपाली श्रोतामाझ स्थापित गायिका हुन् । यी गायिकाले गायनको सुरुवातीकालमा निकै राम्रो–राम्रो अफर पाएकी थिइन् ।
लोकप्रिय गायक तथा संगीतकार राजनराज सिवाकोटी गीत गाउने मात्र होइन सुन्न पनि उत्तिकै मन पराउँछन् । उनले सुनेका केही गीतहरुले उनका मनमा डेरा जमाएका छन् । उनले आफैंले गाएका गीतहरु आत्मिय लाग्छन् र फेरीफेरी सुन्छन् पनि ।
हिन्दी चलचित्रमा पहिलो पटक मादललाई प्रवेश गराउने व्यक्ति संगीतकार रनजीत गजमेर हुन् । उनले भारतीय संगीतकार आर.डी. वर्मनको अनुरोधमा हिन्दी चलचित्र ‘हरेराम हरेकृष्ण’मा मादलको घिन्ताङ–घिन्ताङलाई प्रवेश गराएका हुन् ।
नेपाली तारा सिजन–३ का फस्ट रनरअप देबेश राई र ‘नेपाल आईडल’ टप–७’ प्रमिला राईको स्वर रहेको ‘भेटै भयो सोल्टीज्यू...’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राम रेप्चुङ राईको शब्द रहेको गीतमा देबेश राइले नै संगीत भरेका छन् ।
चर्चित रक गायक रवीन तामाङलाई नचिन्ने कमै होलान् । उनलाई गायकको रुपमा चिन्नेले उनको अर्को प्रतिभा भने थाहा नपाएको हुन सक्छ । तामाङ मेकानिकल इन्जिनियर पनि हुन् । क्यानडामा मेकानिकल इन्जिनियरिङ पढेका उनले क्यानडामै १७ वर्ष जति इन्जिनियरका रुपमा काम पनि गरेका छन् ।
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘महजोडी’ नाम राखिदिने व्यक्ति राजाराम पौडेल हुन् । काठमाडौँको नक्सालमा जन्मिएका पौडेल सानैदेखि कला क्षेत्रमा जोडिएका थिए । दर्जनौँ नाटकमा अभिनय गरेका पौडेलले अभिनय गरेको पहिलो चलचित्र ‘बासुदेव’ हो ।
‘बालाजुको बाइसै धारा’, ‘सितलुमाथि नि सितलु’ जस्ता पुराना गीतका गायक तथा संगीतकार पुष्प नेपाली नेपालमा पहिलोपटक रात्रिबस सञ्चालन गर्ने व्यक्ति हुन् । उनले आफ्नो सञ्चालकत्वमा काठमाडौँ–काँकडभिट्टा रुटमा रात्रिबस चलाएका थिए ।
गीत, संगीत र साहित्यमा राजा महाराजाहरुको रुचि निकै ठूलो हुन्छ । नेपालमा पनि विभिन्न कालखण्डमा राज्यको बागडोर सम्हालेका राजाहरुले साहित्य र संगीतमा गहिरो रुचि देखाएका थिए । राजा महेन्द्रको पनि साहित्य, संगीत र चलचित्रमा ठूलो झुकाव थियो ।
भारती बस्याल १४ वर्षकी हुँदा पहिलो एल्बम ‘मृगतृष्णा’ बजारमा ल्याइन् । भारत, आसामकी उनले २०५४ सालमै सो एल्बम निकालेकी थिइन् । संगीतमा ठूलै फड्को मार्ने उनको लक्ष्य थियो । त्यहाँ रहँदा विभिन्न भाषामा करिब १ सय वटा गीत गाइसकेकी थिइन् ।
गायक आशिष गौतम ‘सचिन’ र गायिका एन्जिला रेग्मीको युगल गीत ‘मेरो हरपल तिमी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा भिम विसीको शब्द र संगीत रहेको छ । मनोहर सुनामको संगीत संयोजन छ ।
श्याम नेपाली नेपालका लोकप्रिय सारंगीवादकका रुपमा चिनिन्छन् । उनको सारंगीवादनमा नझुम्ने कमै होलान् । उनको सारंगीवादनको चर्चा देशभित्र मात्रै नभई विदेशमा समेत निकै हुने गर्छ । सारंगीको मीठो धुन सुनाउन उनी विश्वका धेरै देश पुगिसकेका छन् ।
कलाकारितासँगै समाजसेवालाई सधैँ आफ्नो कर्म ठान्ने निर्णय श्रेष्ठ ‘एनपीस अवार्ड–२०१६’ का लागि मनोनयनमा परेका छन् । विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका श्रेष्ठ भूकम्प तथा बाढीपीडितहरुलाई सहयोग गरेकाले मनोनित भएको जनाइएको छ ।