सत्य–स्वरुपराज आचार्यले आफ्ना पिता भक्तराज आचार्यको नाउँमा स्थापना गरेको संस्थाबाट स्रष्टाहरुलाई सम्मान गर्ने कार्य गर्दैछन् । यही शुक्रवार राजधानीको माइतीघरस्थित कार्की ब्यांकेटमा संस्थामार्फत नाट्यकर्मी हरिप्रसाद रिमाल तथा संगीतकार चन्द्रराज शर्मा सम्मानित हुँदैछन् ।
गायिका अनिता चलाउनेको नयाँ तीज गीत ‘फरिया जमाना’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत एकनारायण भण्डारीको रहेको छ । बब्बु थापाले निर्देशन गरको गीतको भिडियोको छायांकन दुर्गा पौडेल, सम्पादन प्रवीण भट्टले गरेका छन् । गीतको भिडियोमा मोडल प्रीति आलेले नाचेकी छन् ।
नेपालमा सबैभन्दा प्रख्यात वेबसाइट कुन हो ? तपाईंले भन्नुहोला, गुगल, फेसबुक या अन्य तर तपाईं गलत हुनुहुन्छ । नेपालमा सबैभन्दा बढी भिजिट हुने वेबसाइटको श्रेय युट्युबलाई छ । नहोस् पनि किन ?
गीतकार गोविन्दराज शिवाकोटीको एकल शब्द र गायक कृष्ण भट्टराईको एकल स्वर रहेको गीतिसंग्रह ‘कुलकुल’ सार्वजनिक भएको छ । राजधानीमा शनिबार आयोजित कार्यक्रममा गीतकार रत्नशमशेर थापा, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा र गीतकार शिवकोटीले संयुक्त रूपमा एल्बम सार्वजनिक गरे ।
गीतकार नवीन न्यौपानेको ‘किन म’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा हिमाल सागरको स्वर रहेको छ । नवीनकै शब्द रहेको गीतमा जीवन पन्तले संगीत भरेका छन् । गणेश बम आग्रीले निर्देशन गरेको गीतको भिडियोमा नवीन स्वयंले अभिनय गरेका छन् ।
कुनैकुनै गीत यस्ता हुन्छन्, जुन गीत मन पर्नुको कुनै कारण हुँदैन । ‘गल्ती हजार हुन्छन्, यहाँ होश हराको बेला, एक्लै नआऊ तिमी म मात्तिएको बेला’ यो गीतको शब्द–शब्दमा एक प्रकारको आनन्द पाउँछु म । नारायणगोपालले गाएको यो गीतले मलाई निकै छुन्छ ।
नेपथ्यको २५ वर्षे उत्सवको कोसेली शृंखलास्वरुप आइफोनबाट खिचिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा प्रयोग भएको गीत‘घरको कुरा’सन् २००४ को जून महिनामा लेखिएको होजुन गीतलाई नेपथ्यले २००५ मा आफ्नो छैटौँ एल्बम ‘घटना’मार्फत श्रोता सामु ल्याएको थियो ।
गायिका अञ्जु पन्तको ‘दैवको खेल’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई दिनेश बलामीले लेखेका हुन् । यसमा सन्तोष श्रेष्ठले संगीत भरेका छन् ।
गायिका मेलिना राईंले आफ्नै एल्बम ‘मेलिना’ समावेश ‘तिम्रो मुस्कान’ बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतमा सुनिलराज उप्रेतीको शब्द र हरि लम्सालको संगीत छ । गीतको भिडियोमा मेलिना स्वयं फिचरिङ छिन् । भिडियो निर्देशन सान थापाले गरेका हुन् ।
फिल्म ‘चपली हाईट–२’ मार्फत अभिनयमा डेब्यु भएकी अभिनेत्री परमिता राणाको परिचय अब थपिएको छ । उनी अब गायिका बन्दैछिन् । दुई सोलो एल्बम रिलिज गर्ने तयारीमा रहेकी उनले हालै राजधानी आयोजित एक कार्यक्रममा प्रस्तुती दिइन् ।
शनिवार राजधानीको भृकुटीमण्डपमा वृहत सांगितिक कार्यक्रम आयोजना हुने भएको छ । नेप्ले इभेन्ट्सको आयोजनामा हुने सो कार्यक्रममा देशका चर्चित ब्याण्ड तथा डिजेले प्रस्तुति दिँदैछन् ।
केही समय अगाडि मात्रै कान्तिपुर टेलिभिजनबाट प्रसारण हुन लागिरहेको टेलिसिरियल ‘वाक्क दिक्क’को कभर गीत गाए । त्यसबाहेक कविता, गजल र केही लेखहरू लेख्छु । साथसाथै टाइम्स एफएममा ‘संघर्ष जिन्दगीको’ नामक कार्यक्रम पनि चलाउँछु ।
गायक भीम लिम्बुको ‘हातै काटेर’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीत उनको पछिल्लो एल्बम ‘मिम्जिमा’मा समावेश छ । गीतमा हरि लम्सालको संगीत र सञ्जिव थापाको शब्द रहेको छ । गीतको भिडियो निर्देशन अर्जुन अधिकारीले गरेका हुन् ।
लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन्, पपगायक दीपक वज्राचार्य । उनका धेरै गीतले नेपाली सांगीतिक क्षेत्रमा चर्चा कमाएका छन् । उनले आफूलाई प्रिय लाग्ने अरूका पाँच र आफ्ना पाँच गीतबारे शुक्रवारलाई बताएका छन्।
गायक तथा संगीतकार गोपाल योञ्जनको २० औँ स्मृति दिवसको अवसरमा ‘अलग आर्ट हब’ले सांगीतिक कार्यक्रम गरेको छ । कार्यक्रमा मण्डल साम्पाङ, पार्वती राई, आभा मुकारुङ, झुमा निरौला, दीपा लामा, विनोद राई, सुनीता थेगिमको साथमा अलग आर्ट हबका विद्यार्थीले गोपाल योञ्जनद्वारा संगीतबद्ध ‘आफ्ना–आफ्ना’, ‘जीवनदेखि धेरै’, ‘गल्ती हजार’ लगायत गीत प्रस्तुत गरेका थिए ।
गायिका इन्दिरा जोशीको नयाँ गीत सार्वजनिक भएको छ । ‘गर्लफ्रेन्ड’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा इन्दिराकै शब्द र संगीत रहेको छ । प्रनव जोशीले निर्देशन गरेको गीतको भिडियोमा कुन्ती सिमली, नेहा तामाङ, इरा महर्जन, निकिता पाठक, ऋतु गुरुङलगायत फिचरिङ छन् ।
समाजलाई सकारात्मक र नैतिक जागरणतर्फ प्रेरित गर्दै हिँडेको बताउने ‘सत्याकृत रक–भजन ब्यान्ड’ ले मादल, सितार, तबला, गिटार, हार्माेनियम, पियानो, ड्रमसेट, सारंगीलगायत पूर्वीय तथा पश्चिमी बाजा मिसाएर फ्युजन भजन तथा गीतहरू प्रस्तुत गर्छ ।
गायिका योजना पुरीले आफ्नो दोस्रो एल्बम ‘समर्पण’ सार्वजनिक गरेकी छिन् । राजधानीको तीनकुनेस्थित निःसहाय सेवा सदन वृद्धाश्रममा एक कार्यक्रमबीच संगीतकार राजु सिंहले एल्बम सार्वजनिक गरेका थिए ।