गायक गोपाल नेपाल जिएम र गायिका विष्णु खत्री क्षेत्रीले ‘दिदीको पाउ ढोग गरम’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेका छन् । कृष्ण रानाले लेखेको गीतले दिदीबहिनी र भाईविचको प्रेम दर्शाउछ ।
गायक लाक्पा शेर्पा एक समयका निकै चर्चित गायक हुन् । शेर्पाले आफूलाई मन पर्ने आफ्ना पाँच र अरूका पाँच गीत शुक्रवारलाई बताएका छन् । झस्केर दुख्छ यो मुटु मेरो : यो गीतको कम्पोजिसन, आरोह–अवरोह खूब मन पर्छ । मञ्जु शर्माको शब्द र मदन दीपबिमको संगीत रहेको यो गीत मैले ...
पछिल्लो समयमा नेपाली ब्यान्ड ‘नेपथ्य’ स्वदेशी र विदेशी स्टेजमा वारम्बार छाइरहेको छ । यही क्रममा ब्यान्डले शनिबार अमेरिकाको लसएन्जलसमा समेत कन्सर्ट दिएको छ । बर्नम हलमा भएको कन्सर्टमा प्राविधिक वाधा उत्पन्न भए पनि ब्यान्डले आफ्नो प्रस्तुतिमा आँच आउन दिएन ।
गएको साल अमेरिका यात्राको क्रममा न्युयोर्कको प्रसिद्ध ‘म्यानहटन सेन्टर’को ह्यामर्सटाइनमा कार्यक्रम गरेको नेपथ्यले यस वर्ष एटलान्टाको ‘सेन्टरस्टेज’ प्रस्तुति दिने भएको छ । नेपाली लोक रक टोली नेपथ्यलाई एसोसिएसन अफ दी नेप्लिज इन दी अमेरिकाजले प्रस्तुत गर्दै छ । शहरकै प्रसिद्ध हलमा नेपथ्यले जुलाई २ मा नेपाली भाका घन्काउनेछ । एटलान्टा अमेरिकाको मुख्य सांस्कृतिक एवं आर्थिक केन्द्रका रूपमा परिचित छ ।
ब्यान्डको नाम हो, ‘ऊर्जा’ । विभिन्न ब्यान्डमा काम गरिसकेका अनुभवीहरूको नयाँ टिम हो यो ब्यान्ड । त्यसो त ऊर्जा नामको पुरानो ब्यान्ड पनि थियो तर अहिले निष्कृय बनेको छ । त्यही ब्यान्डका केही सदस्यसहित अन्य ब्यान्डका सदस्य मिलेर यसलाई नयाँ ब्यान्ड स्थापना गरे तर नाम के राख्ने भन्ने अन्योल भयो ।
कहिले ‘सुमिरन’, कहिले ‘कृतज्ञ’ त कहिले ‘ब्रदरहुड’जस्ता नाम राख्ने तयारी गरे ब्यान्ड सदस्यले । तर, सबैसँग सल्लाह गर्दा निष्कृय बनेको पुरानो ब्यान्ड ‘ऊर्जा’ नै राख्ने निर्णय भयो । ब्यान्डको लक्ष्य पनि मिल्ने भएकाले ‘ऊर्जा’ नाम राख्नु नै ठीक लाग्यो सबैलाई ।
भल्गर शब्दले भरिएका गीत गाउँदै उत्ताउलो पहिरनमा मोडलिङसमेत गरेर रातारात बजार पिट्न चाहने गायिकाको ठूलो लस्कर छ । यसै गरी कति आए, कति हराए । तर, गायिका पुष्पा बोहोरालाई भने भेलबाढी हुनु थिएन र छैन ।
नेपालमा होन्डा मोटरसाईकल र स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्गले गायक विपुल क्षेत्रीको नयाँ एल्बम ‘माया’ निःशुल्क उपलब्ध भएको छ। शुक्रबारबाट निःशुल्क डाउनलोड गर्न मिल्ने गायक विपुलको ‘माया’मा आठबाट गीतहरु समेटिएको छ।
गायक मिङ्मा शेर्पाले आफूलाई मन परेका आफ्ना पाँच र अरूका पाँच गीतबारे शुक्रवारलाई बताएका छन् । 'तिम्रो मायाले डो¥यायो मलाई'- यो मेरो पहिलो गीत हो । दावा छिरिङ शेर्पाको शब्द र संगीत रहेको यो गीतले सांगीतिक क्षेत्रमा मेरो उपस्थिति जनायो । यसको संगीत र शब्द मन पर्छन् ।
धनगढी– पश्चिम तराईबासी राना र कठरिया थारू समुदायमा होरी (होली) पर्वको रौनक सुरु भएको छ। माघ शुक्लपूर्णिमाका दिन गाउँका अगुवा (भलमन्सा) ले होरी बनाएर राखेपछि कैलाली, कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदायमा सो पर्वको रौनक छाएको हो। यस्तै, कैलालीमा मात्रै बसोबास गर्ने कठरिया थारू समुदायलाई पनि एक महिना अगाडिदेखि होरी पर्वले छोइसकेको छ।
त्यो पोखरीमा गोमनलगायत विषालु सर्प हुन्छन् । दाँत तिखारेर बसेका भोका गोही र कसमाथि जाइलागूँ भनेर ढुकेझैँ गरी बसेका जलगैँडा पनि त्यहीँ हुन्छन् । यी सारा खतराको पर्वाह नगरी हजारौँ दक्षिण सुडानी त्यही जलाशयमा लुक्न जान्छन् । किनभने, जमिनमा उनीहरूमाथि त्योभन्दा ठूलो खतरा मडराइरहेको हुन्छ ।