लालपुर्जा नायिका मिरुना

बिहिबार, ०९ मङि्सर २०७३, १२ : ४४ शुक्रवार , Kathmandu
लालपुर्जा नायिका मिरुना

नाटक ‘कथादेश ३’मा अभिनय गरेर चर्चा कमाएकी मिरुना मगर अब फिल्ममा अभिनेत्रीका रूपमा दर्शकमाझ आउँदै छिन् ।
भर्खरै छायांकन सकिएको फिल्म ‘लालपुर्जा’मा सौगात मल्लसँग नायिकाका रूपमा अभिनय गरेकी मिरुनाले एक्टर्स स्टुडियोमा अभिनय प्रशिक्षण लिएर नाटक तथा फिल्ममा पाइला चालेकी हुन् । सानोमा धरानमा ‘किड्क्विन’ प्रतियोगिता जितेकी मिरुनाले फिल्म ‘क्याबिन गर्ल’मा पनि बालकलाकारका रूपमा अभिनय गरेकी छिन् । हाल, बेलायतमा अध्ययनरत उनी केही समययता नेपालमा नाटक र फिल्ममा काम गरिरहेकी छिन् । उनले बेलायतमा ‘वे आउट अफ माई लिग’ नामक सर्ट फिल्ममा पनि अभिनय गरेकी छिन् । आमा शशि थापा सुब्बाले रंगकर्म र फिल्ममा लामो समय बिताएकाले त्यसैबाट आफू प्रभावित भएको मिरुनाको भनाइ छ ।

Leave A Comment