हस्तमैथुन सही विकल्प

शनिबार, ११ मङि्सर २०७३, ०३ : ०३ शुक्रवार , Kathmandu
हस्तमैथुन सही विकल्प

मेरो बिहे भएको एक वर्ष जति भयो । म २१ वर्षको र मेरी श्रीमती १८ वर्षकी छिन् । श्रीमतीको पेटमा छ महिनाको बच्चा छ । पेटमा असर पुग्ने डरले केही समययता पछाडिबाट (डगी पोजिसनमा) सेक्स गर्ने गरेको थिएँ । तर, यसरी सेक्स गर्दा श्रीमती र बच्चालाई असर पुग्ने डरले अहिले हस्तमैथुन गरेर चित्त बुझाउने गरेको छु । यस्तो अवस्थामा सेक्स गर्न हुन्छ कि हुँदैन ? हस्तमैथुन सही विकल्प हो ? 
पी 

बाबु बन्न लाग्नुभएकामा तपाईंलाई बधाई ! तर, एक÷दुई वर्षपछि मात्रै बच्चा जन्माउने विचार गरेको भए धेरै राम्रो हुन्थ्यो । जे होस्, जे भयो, ठीकै भयो । तपाईंको प्रश्न एकदमै महत्वपूर्ण छ । श्रीमती गर्भवती हुँदा सेक्स गर्नुहुन्छ कि हुन्न भन्ने दुविधामा श्रीमानहरू पर्ने गरेका छन् । अझ कतिपय महिलाले त पेटमा बच्चा हुँदा श्रीमान्लाई आफ्नो शरीरै छुनसम्म नदिने गरेको पनि मैले जानकारी पाएको छु । यस्तो अवस्थामा सेक्सका सम्बन्धमा दम्पत्ति अन्यौलग्रस्त हुन्छ । 
प्रायः गर्भवती भएको तीन महिनाबाहेक अरू बेला सम्पर्क गर्न उपयुक्त नै हुन्छ । तर, एक÷दुईटा कुरामा भने विचार गर्नुपर्छ । जस्तो, बच्चा आमाको गर्भमा कुन ठाउँतिर बसेको छ, यो भिडियो एक्सरेबाट थाहा हुन्छ । यसबारे तपाईं आफ्नो डाक्टरसँग सोध्न सक्नुहुन्छ । बच्चा एकदमै सामान्य छ भने, चिन्ता लिनुपर्दैन । यस्तो अवस्थामा सेक्सका लागि उपयुक्त धेरै आसन छन् जसले आमा र गर्भमा रहेको बच्चालाई हानि पु¥याउँदैनन् । 
अहिले गर्भ छैटौँ महिना चलेकाले अबदेखि बच्चा झन् बढ्दै जान्छ र उहाँको पेट पनि बढ्दै जान्छ । अहिले तपाईंले जुन आसन प्रयोग गर्नुभएको छ, त्यो अत्यन्त उपयुक्त छ । गर्भावस्थामा महिला शारीरिक तथा मानसिक परिवर्तनबाट गुज्रिरहेका हुन्छन् । महिलाको शरीरका हर्मोन फेरबदल भइरहेका हुन्छन् । यसले कुनै कुनै महिलालाई सेक्स गर्न मन नलाग्ने हुनसक्छ । उनीहरूलाई सम्पर्क भनेपछि झर्काे लाग्न सक्छ । 
तपाईंं श्रीमतीसँग खुलेर कुरा गर्नुहोस् । तर, केही महिलालाई गर्भावस्थामा झन् बढी सेक्स गर्न मन लाग्छ । तपाईंकी श्रीमतीलाई सेक्सको इच्छा छैन भने कर नगर्नुहोला । तपाईं स्वार्थी हुनुभयो भने तपाईंले आमा र बच्चा दुवैलाई हानि पु¥याउनसक्नुहुन्छ । 
हस्तमैथुन सोह्रै आना उपयुक्त विकल्प हो । हस्तमैथुन बिल्कुल स्वस्थ यौन क्रियाकलाप भएको उहिल्यै प्रमाणित भइसकेको छ । यसले व्यक्तिको शारीरिक, मानसिक र यौन स्वास्थ्यमा कुनै  प्रतिकूल असर गर्दैन ।   

यौन सम्पर्कपछि पुरुषले लिंग बाहिर निकालेर वीर्य स्खलन ग¥यो भने गर्भवती भइन्छ? 
एन 

कन्डम सही ढंगले प्रयोग गरियो भने पनि गर्भ रहने सम्भावना दुई प्रतिशत रहन्छ । हेलचेक्य्राँइ गरियो भने गर्भ रहने सम्भावना ११ प्रतिशत रहन्छ । यौन सम्पर्कको बेला लिंग बाहिर निकाल्ने प्रयोग त झन् कम भरपर्दो हुन्छ ।   यसमा गर्भ रहने सम्भावना १८÷१९ प्रतिशत हुन्छ । किनभने सम्भोगका समयमा  पुरुषको लिंगबाट निस्कने चिप्लो तरल पदार्थसँग शुक्रकीटहरू पनि मिसिएर आएका हुन्छन् । तपाईंलाई गर्भवती बनाउन अलिकति त्यस्तो तरल पदार्थ तपाईंको योनीमा प्रवेश गरे पुग्छ । त्यसैले पुरुषको यस्तो प्रयोगले महिलालाई गर्भवती हुनबाट रोक्न सक्दैन । राम्रोसँग कन्डम लगाएर सेक्स गर्नु नै गर्भ रहने जोखिमबाट बच्ने उत्तम उपाय हो । 
 

Leave A Comment