मिस टुरिजमको तयारी

आइतबार, २६ मङि्सर २०७३, १० : ५१ शुक्रवार , Kathmandu
मिस टुरिजमको तयारी

पूर्वमा मिस टुरिजम दोस्रो संस्करणको तयारी सुरु भएको छ । सहारा इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको मिस टुरिजमको पुस ११ बाट अडिसन सुरु हुने आयोजकले जनाएको छ । मंसिर ११ गते झापा, १२ गते मोरङको विराटनगर, १३ गते इटहरी र १४ गते धरानमा अडिसन गरिने इभेन्ट म्यानेजर सौगात रिजालले जानकारी दिए । अडिसनका लागि अनलाइन फाराम खुलेको उनले बताए ।
माघ ७ गते धरानमा अन्तिम प्रतिस्पर्धा हुने मिस टुरिजमको विजेताले ताजसहित स्कुटी, म्युजिक भिडियोमा अवसर पाउने छिन् भने फस्टरनरअपले नगद ३५ हजार र सेकेन्ड रनरअपले २५ हजार नगद पाउने छन् । विजेताहरूलाई मनाङ मुस्ताङ यात्राको अवसर पनि प्रदान गरिने आयोजकले जनाएको छ । विभिन्न टाइटल विजेतालाई पनि नगद तथा विभिन्न उपहार प्रदान गरिनेछ भने वेस्ट ब्युटी अफ टुरिजम विजेतालाई टेलिभिजन कार्यक्रम सञ्चालनको अवसर दिइने बताइएको छ ।

Leave A Comment