कामेच्छामा कमीको कारक गर्भनिरोधक चक्की

शनिबार, ०२ पुष २०७३, १० : २२ शुक्रवार , Kathmandu
कामेच्छामा कमीको कारक गर्भनिरोधक चक्की

मेरो विवाह भएको एक वर्ष भयो । मैले गर्भनिरोधक चक्की खाइरहेकी छु । तर, केही दिनदेखि यौनसम्पर्कका बेला मलाई पीडा हुन थालेको छ । मलाई सेक्समा रुचि पनि कम छ । सेक्स गर्दा पहिलाजस्तो आनन्द पनि आउँदैन । गर्भनिरोधक चक्की सेवनले गर्दा यस्तो भएको त होइन ?
एन

गर्भनिरोधक चक्की सेवन गर्ने केही महिलामा यस्तो समस्या देखापर्न सक्छ । गर्भनिरोधक चक्कीको असरले कामेच्छामा कमी आउन सक्छ । यौनसम्पर्कका बेला योनिमार्गमा आउने चिल्लोपनाको पनि कमी हुने समस्या देखापर्छ । जसले गर्दा चरमोत्कर्षमा पुग्न समस्या हुन सक्छ । यी समस्या सँगसँगै सहवासमा संलग्न हुँदा लिंग योनिमा प्रवेश गराउँदा धेरै नै पीडा हुने समस्या देखापर्न सक्छ । तपाईंले एक पटक स्त्रीरोग विशेषज्ञसँग परामर्श लिँदा राम्रो हुन्छ । गर्भनिरोधक चक्की खान बन्द गर्नुपर्छ । चिकित्सकको सल्लाहबमोजिम योनिमा प्रयोग गरिने कृत्रिम लुब्रिकेन्ट्स प्रयोग गर्न सकिन्छ । अनिच्छित गर्भ रोक्नका लागि खाने चक्कीबाहेक अन्य विकल्प प्रयोग गर्दा राम्रो हुन्छ ।
म विवाहित महिला हुँ । श्रीमान्सँग नियमित यौनसम्पर्क राख्ने गर्छु । केही दिनदेखि मेरो यौनेच्छा धेरै नै बढेको छ । जतिखेर पनि सेक्स गर्न मन लागिरहन्छ । यस्तो किन भएको होला ?
आर

यसरी एकाएक कामेच्छा बढ्नु सामान्य अवस्था होइन । यसमा विशेष ध्यान दिन जरुरी छ । कतिपय अवस्थामा कामेच्छा अचानक बढ्नुमा ब्रेनको अगाडिको भागमा ट्युमर भएको पनि हुन सक्छ । कामेच्छा अचानक बढ्नु ब्रेन ट्युमरको लक्षण पनि हुन सक्छ । तपाईंले न्युरो फिजिसियनसँग परामर्श लिनुपर्ने हुन्छ । यस्तो हुनुमा मानसिक कारण पनि हुन सक्छ । त्यसैले तपाईंले मनोचिकित्ससँग पनि परामर्श गर्दा राम्रो हुन्छ । छारे रोग, लागुऔषध सेवन गर्नेहरूमा पनि यस्तो समस्या देखिन सक्छ ।
म ४५ वर्षीय विवाहित पुरुष हुँ । अहिलेसम्म स्वास्थ्यमा खासै समस्या देखिएको छैन । तर, कहिलेकाहीँ श्रीमती यौनसम्पर्कमा सन्तुष्ट नभएजस्तो लाग्छ । सम्पर्कपछि उनी ठुस्स पर्छिन् । यस्तो अवस्थामा म उनलाई कसरी सन्तुष्ट पार्न सक्छु ? केही उपाय बताइदिनुहुन्छ कि ?

ढल्कँदो उमेरसँगै आफ्नो पार्टनरलाई सम्भोगमा सन्तुष्टि दिन कठिन हुँदै जान्छ । सम्भोगमा अक्षमताले दम्पतीबीच असमझदारी र तनाव त ल्याउ“छ नै, यसले पुरुÈको अभिमानमा पनि ठेस पु¥याउँछ । तपाईंले आफूलाई कुनै रोग नलागेको उल्लेख गर्नुभएको छ । यो राम्रो कुरा हो ।
पर्याप्त पोÈिलो खाना खानुहोस् । स्वस्थ र मजबुत रहनुहोस् । तपाईंको भोजनमा पोÈक तŒवहरू पर्याप्त भए भने तपाईंको यौन Ôमतामा वृद्धि हुन्छ र यौन जीवनलाई सुखी बनाउँछ । अण्डा, ओखर, फलफूल, माछामासु, दूध, सागपातजस्ता शक्ति दिने चिज नियमित खानुहोस् ।
नियमिति व्यायाम गर्नुहोस् । स्वस्थ पुरुÈ यौनिक रूपमा पनि तन्दुरुस्त नै हुन्छ । यौन इच्छा तथा यौन Ôमता बढाउन व्यायाम उत्तम उपाय हो । व्यायामले तनाव घटाउ“छ र शरीरमा यौन हार्मोनको रूपमा रहेको टेस्टेस्टेरोन हर्मोनको उत्सर्जन बढाउ“छ ।  धूम्रपान, मद्यपान गर्नुहुन्छ भने तत्काल छोडिहाल्नुहोस् । धूम्रपानले रक्त प्रवाहमा नकारात्मक असर पु¥याउँछ । यसले फोक्सोमा पनि असर गर्छ । यसले यौन क्षमता ह्रास गर्छ । त्यस्तै मद्यपानले पनि यौन उत्तेजनामा असर गर्छ ।
हस्तमैथुन गर्नुहुन्छ भने ठिक्क मात्रामा गर्नुहोस् । श्रीमतीसँग नियमित यौनसम्पर्क गर्नुपर्ने अवस्थामा हस्तमैथुन नगरेकै राम्रो हुन्छ । सम्भोगका लागि सही आसन छनोट गर्नुपर्छ । आसनमात्र नया“ अपनाउनाले पनि यौन जीवनलाई सुखमय बनाउन मद्दत गर्छ । कहिलेकाहीँ मुखमैथुन पनि गर्न सक्नुहुन्छ । यसले पार्टनरबीच मनोवैज्ञानिक खुलापन र निकटतालाई बढाई यौन सम्बन्धलाई सुखमय बनाउ“छ ।
तपाईं श्रीमतीलाई यौन आनन्द प्राप्त भए, नभएको विषयमा सोध्नुहोस् । यस्तो अवस्था मनमा कुरा गुम्साएर राख्नु हुँदैन । चरम यौन सन्तुष्टिका लागि धेरै उपाय छन् । शीघ्र स्खलनको समस्या छ भने श्रीमतीका स्तन तथा योनीलाई जिब्रोको टुप्पाले चलाएर उनलाई उत्कर्षमा पु¥याएपछि यौन सम्पर्क सुरु गर्नुहोस् । उहाँले चरम आनन्द पाउनुहुनेछ ।

 

Leave A Comment