रियल म्याड्रिडमाथिको प्रतिबन्ध घट्यो

शुक्रबार, ०८ पुष २०७३, ११ : ३६ शुक्रवार , Kathmandu
रियल म्याड्रिडमाथिको प्रतिबन्ध घट्यो

स्पेनिस क्लब रियल म्याड्रिडमाथि नयाँ खेलाडी अनुबन्ध गर्न लागेको प्रतिबन्ध घटेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले रियल म्याड्रिडमाथि दुई ट्रान्सफर विन्डोमा नयाँ खेलाडी अनुबन्ध गर्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो । तर, क्लबको अपिलमाथि सुनुवाइ गर्दै प्रतिबन्ध एक ट्रान्सफर विन्डोमा सीमित गरिएको हो । रियल म्याड्रिडले खेल अदालत क्यासमा अपिल गरेको थियो । क्यासले प्रतिबन्ध एक विन्डोमा सीमित गर्न आदेश दिएको हो । रियल म्याड्रिडले आउँदो जनवरीमा नयाँ खेलाडी अनुबन्ध गर्न पाउनेछैन । तर, समर विन्डोमा भने रियलमाथिको प्रतिबन्ध हटिसक्नेछ । त्यस्तै, क्लबले तिर्नुपर्ने जरिवाना रकम पनि २ लाख ८२ हजार पाउन्डबाट १ लाख ८८ हजार पाउन्डमा घटेको छ । १८ वर्षभन्दा कम उमेरका अन्तर्राष्ट्रिय खेलाडीको किनबेचमा नियम उल्लंघन गरेकाले रियल म्याड्रिड तथा एथ्लेटिको म्याड्रिडमाथि प्रतिबन्ध लागेको थियो । क्यासले रियल म्याड्रिडको अपिलको सुनुवाइ गरे पनि एथ्लेटिको म्याड्रिडको अपिलका बारेमा केही जानकारी आएको छैन ।

Leave A Comment