मेकअप कलामा जम्दै ज्योति

शनिबार, ०९ पुष २०७३, ०१ : ५० शुक्रवार , Kathmandu
मेकअप कलामा जम्दै ज्योति

‘मिस लिम्बू सिजन ४’ मा मिस पर्सनालिटी उपाधि जितेकी इटहरीकी ज्योति लिम्बू मेकअप कलामा व्यावसायिक बन्ने दौडमा छिन् ।
भारत र काठमाडौँमा मेकअप कला सिकेकी उनले पछिल्लो समय धरानमा मेकअप कार्यशाला सञ्चालन गरिन् भने चासोक तङ्नाममा आयोजित फेसन सोका मोडललाई सिंगारिन् । म्युजिक भिडियोदेखि पोर्टफोलियो, पार्टी मेकअप, ब्राइडल मेकअप गरिरहेकी ज्योति मेकअपमा ब्रान्ड बनाउने लक्ष्यमा छिन् । ज्योति भन्छिन्, ‘अहिलेको समयमा मेकअप एउटा कलाका रूपमा विकास भइरहेको छ । समयअनुसार अपडेट हुँदै यसैमा व्यावसायिक बनिरहेकी छु ।’

 

Leave A Comment