एक घुट्को भए पुग्छ केटलाई

सोमबार, १८ पुष २०७३, ११ : १९ शुक्रवार , Kathmandu
एक घुट्को भए पुग्छ केटलाई

मदिराबारे बेलायती अभिनेत्री केट बेकिन्सेलको छुट्टै अनुशासन छ । उनी मदिरा सेवन गर्छिन् । तर, मदिरा आफूमाथि हाबी हुन नपाओस् भनेर ज्यादै चनाखो रहन्छिन् ।
‘मदिरा लिनुप¥यो भने एक घुट्कोभन्दा ज्यादा कहिल्यै लिन्नँ । किनकि, थोरै मदिराले पनि मलाई झ्याप बनाइहाल्छ,’ उनले भनिन् । आफूले ग्लासभरि मदिरा अहिलेसम्म नपिएको उनले बताइन् ।  
‘एक घुट्कीभन्दा बढी नपिउने भएकाले म मदिरा खाँदिनँ भन्दा पनि हुन्छ । मदिरा खान लाग्यो भने ‘अब मलाई मात लाग्छ’ भन्ने महसुस हुन्छ । थोरै मदिरा पनि मलाई मताउन पर्याप्त हुन्छ,’ उनले भनिन् ।

Leave A Comment