रविनसँग झुम्यो धरान

शुक्रबार, २२ पुष २०७३, १० : ४६ शुक्रवार , Kathmandu
रविनसँग झुम्यो धरान

युवापुस्तामाझ लोकप्रिय सांगीतिक समूह रविन एन्ड द न्यू रिभोलुसनले धरानमा सांगीतिक प्रस्तुति दिएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसरमा सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको न्यू इयर इभमा रविन एन्ड द न्यू रिभोलुसनका गायक रविन तामाङले ‘दम मारो दम’, ‘हाम्रो देश’, ‘तिम्रो दिन’ लगायत गीत प्रस्तुत गरे । दर्शकको बाक्लो उपस्थिति रहेको कार्यक्रममा गायिका इन्दिरा जोशीले पनि आफ्ना गीत प्रस्तुत गरिन् । स्थानीय ब्यान्ड द आउट साइडर र स्थानीय गायक बविन लिम्बूले समेत प्रस्तुति दिएका थिए ।

Leave A Comment