विदेशमा स्वदेशको जस्तो स्वतन्त्रता हुँदैन

सोमबार, २५ पुष २०७३, ०९ : ५६ शुक्रवार , Kathmandu
विदेशमा स्वदेशको जस्तो स्वतन्त्रता हुँदैन

मेरो नाम श्याम पाठक हो । घर स्याङ्जाको वालिङ बजार पर्छ । दुई वर्षदेखि साउदीमा छु । स्वदेशमा रोजगारी नपाएरै विदेशिएको हुँ । स्नातक अध्ययन गर्दागर्दै यता आएको हुँ । अहिलेसम्म काम ठीकै छ । कम्पनीले पनि राम्रै गरिरहेको छ । पक्कै पनि विदेशमा स्वदेशको जस्तो सुविधा र स्वतन्त्रता हुँदैन । बाध्यतामा सबै मान्नुपर्छ । अबको दुई÷तीन महिनामा घर फर्कने विचार गरेको छु । कम्पनीमा छुट्टि हालेको १५ दिन भइसकेको छ । घरमा साढे दुई वर्षको छोरा, श्रीमती, आमाबुबा र भाइ छन् । उनीहरूको यादले निकै सताएको छ । मेरो अनुभवमा विदेशभन्दा नेपाल हरेक कुरा राम्रो छ । खाली समस्या भनेको सिस्टममा छैन भन्ने हो । जता पनि राजनीति घुसेको छ हाम्रो देशमा । काम गर्ने कम, नेतागिरी गर्ने बढी छन् त्यहाँ । त्यसैले देशमा नेतागिरी गर्नुको साटो काम गर्ने वातावरण हुने हो भने विदेश जाने त के विदेशबाट समेत नेपालमा काम गर्न आउने सम्भावना देखिन्छ ।

Leave A Comment