मिस टुरिजमको अडिसन सुरु

सोमबार, २५ पुष २०७३, ०९ : ५८ शुक्रवार , Kathmandu
मिस टुरिजमको अडिसन सुरु

‘मिस टुरिजम नेपाल सिजन २’ को अडिसन पूर्वबाट सुरु भएको छ ।
सहारा इन्टरटेन्मेन्टको आयोजनामा सुरु मिस टुरिजमको इटहरी, विराटनगर, धरान र झापामा अडिसन भइसकेको छ । चाँडै विभिन्न प्रशिक्षण दिएर माघमा अन्तिम प्रतिस्पर्धा हुने इभेन्ट म्यानेजर सौगात रिजालले बताए । मिस टुरिजम नेपालको उपाधि विजेताले ५० तोला चाँदीको ताजसहित स्कुटी, म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउनेछिन् । फस्ट रनरअपले नगद ३५ हजार र सेकेन्ड रनरअपलाई २५ हजार नगद पाउने इभेन्ट निर्देशक हिन्दुहाङ राईले बताए ।

Leave A Comment