मित्रताको बीचमा फिल्म

सोमबार, २५ पुष २०७३, १० : ०७ शुक्रवार , Kathmandu
मित्रताको बीचमा फिल्म

फिल्म उद्योगमा सबैलाई थाहा छ– केकी अधिकारी, बेनिशा हमाल र रिमा विश्वकर्मा सबैभन्दा मिल्ने साथी हुन् । पहिलो फिल्म ‘स्वर’ले जुराएको उनीहरूको मित्रता आजसम्म कायम छ । पछिल्लो समय रिमा बिहे गरेर ‘सेटल’ भइसके पनि केकी र बेनिशा अभिनयमा डटेकै छन् । तर, दुवैको साझा समस्या के छ भने दुवैले अहिलेसम्म हिट फिल्मको क्रेडिट लिन पाएका छैनन् ।  यस्तो बेलामा दुवैले मुख्य भूमिकामा अभिनय गरेका फिल्म एकै मितिमा रिलिज हुने भएका छन् । केकीको  ‘लभ सासा’ र बेनिशाको  ‘किङ’ पुस २९ मा रिलिज हुँदैछन् । र, यस्तो लाग्छ– यी दुईको मित्रताको बीचमा यो पटक फिल्म आएको छ ।
एक अर्काको फिल्मका प्रचार सामग्री सार्वजनिक हुँदा यसअघि दुवैले एक अर्कालाई सामाजिक सञ्जालमा बधाई दिने गर्थे । तर, यो पटक न त केकीले बेनिशाको फिल्मको प्रचार सामग्रीमा टिप्पणी गरेको देखियो, न त बेनिशाले केकीको फिल्ममा । उनीहरूको मित्रतामा कतै आफ्नै फिल्म भिलेन त बनेका होइनन् ?

Leave A Comment