‘रारा त स्वर्गै लाग्यो’

सोमबार, २५ पुष २०७३, १० : ३० शुक्रवार , Kathmandu
‘रारा त स्वर्गै लाग्यो’

महालक्ष्मी उपाध्याय
केन्द्रीय सदस्य, नेपाली कांग्रेस

राजनीतिमा लागेको कति भयो ?
२०३६ सालदेखि निरन्तर राजनीतिक क्षेत्रमा छु ।
कसरी आइयो राजनीतिमा ?
पारिवारिक पृष्ठभूमिले । हजुरबुबा राजनीतिमा लाग्नुभएको थियो । १२÷१३ वर्ष जेलमा पनि बस्नुभयो । प्रजातन्त्र पुनःस्थापनाका लागि परिवारै लागिप¥यौँ । बीपी कोइरालाको पुस्तकले पनि राजनीतिमा लाग्न प्रेरित ग¥यो ।  
रुचि के–के छन् ?
समाज सेवा गर्न मन लाग्छ । महिलाको शिक्षा, स्वास्थ्यसँग सम्बन्धित विषयमा काम गर्ने कोसिस गरिरहेकी छु । गाउँघरमा बालिकाहरू स्कुल जान नपाएको र महिलाहरूले स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको देख्दा दुःख लाग्छ ।
मनोरञ्जनका लागि के गर्नुुहुन्छ ?
फिल्म हेर्छु, किताब पढ्छु । यसबाहेक परिवार र साथीभाइसँग विभिन्न ठाउँमा घुमेर रमाइलो गर्छु ।  
फिल्म धेरै हेरिन्छ ?
पहिला त निकै हेरिन्थ्यो । अहिले चाहिँ खासै हेरिदैन । साँच्चै भन्ने हो भने फिल्म हेर्ने समय हुँदैन । तैपनि, साथीभाइले यो फिल्म राम्रो छ भन्यो भने हेरिहाल्छु ।
पछिल्लो पटक हेरेको फिल्म ?
‘पशुपतिप्रसाद’ ।
हिन्दी फिल्म पनि हेर्नुहुन्छ कि ?
हेर्छु । साथीहरूसँग हिन्दी फिल्म ‘बजरंगी भाइजान’ हेरेको थिएँ ।
कस्ता खालका पुस्तक पढ्नुहुन्छ ?
बायोग्राफी बढी पढ्छु । बीपीका किताब त सानैदेखि पढ्न थालेकी हुँ । धार्मिक पुस्तक पनि मेरो रोजाइमा पर्ने गर्छन् ।
गीतसंगीतमा कत्तिको रुचि छ ?    
गीत गाउन आउँदैन तर सुन्न मन पर्छ । पुराना गीत बढी सुन्छु ।
मन पर्ने गायक/गायिका ?
नारायणगोपाल, अरुणा लामा, तारादेवी र ज्ञानु राणाका गीत खूब मन पर्छन् ।
सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ ?
फेसबुक र ट्वीटर चलाउँछु । भर्खरै आफ्नो ब्लग पनि खोलेकी छु । त्यसमा आफ्ना लेख राख्ने गरेकी छु ।
फुर्सदमा के गर्नुहुन्छ ?
घरको सरसफाई गर्छु । कहिलेकाहीँ परिवार र साथीभाइसँग घुम्न पनि गइन्छ ।
घुम्न जान मन लाग्ने ठाउँ कुन हो ?
नगएको ठाउँ जहाँ पनि जान मन लाग्छ । सुन्दर, शान्त र हरियाली भएका ठाउँले मलाई तान्छन् ।
नेपालको मन पर्ने ठाउँ ?
रारा । त्यहाँ पुग्दा स्वर्गमा पुगेको जस्तो अनुभूति भयो ।

प्रस्तुतिः सृजना

 

Leave A Comment