ऐश्वर्याको आहार

सोमबार, २५ पुष २०७३, १० : ५५ शुक्रवार , Kathmandu
ऐश्वर्याको आहार

आमा बनेपछि पनि भारतीय अभिनेत्री ऐश्वर्या रायको फिटनेसमा कुनै कमी आएको छैन । उनी फिटनेस कन्सस छिन् त्यसैले आफ्नो खानपिनमा विशेष ध्यान दिन्छिन् । ऐश्वर्याको दैनिक आहार  यस्तो छः
-बिहान उठेपछि खाली पेटमा उनी पानी अथवा फलफूलको जुस अथवा तातो पानीमा मह र कागती मिसाएर खान्छिन् ।
-त्यसपछि ब्राउन ब्रेडको टोस्ट र जौंको चिउरा खान्छिन् । ब्रेकफास्टको अन्त्यमा दूध पिउन उनी कहिल्यै भुल्दिनन् ।   
-बिहानको खानामा उनी दाल–रोटी, उसिनेको तरकारी खान्छिन् ।
-रातिको खानामा उनी ब्राउन राइस र ग्रिल्ड माछा खान्छिन् । खाना खाएको केही घण्टापछि मात्र उनी सुत्छिन् ।
-पटक–पटक खाने बानी ऐश्वर्याको छैन । तर, मौसमी फलफूल र ड्राइ फ्रुट्स भने बेला–बेलामा खाइरहन्छिन् ।
-दिनभरिमा आठ देखि १० गिलास पानी पिउँछिन् ।

 

 

 

 

Leave A Comment