याक्खाको ‘ओम्ला’ प्रदर्शन

बिहिबार, २८ पुष २०७३, ११ : १६ शुक्रवार , Kathmandu
याक्खाको ‘ओम्ला’ प्रदर्शन

याक्खा जातिको संस्कृतिमा आधारित पहिलो फिल्म ‘ओम्ला’को धरानमा विशेष प्रदर्शनी भएको छ । अरुण प्रधान निर्देशित ‘ओम्ला’मा अजय जिमी, मनोज शाक्य, सिर्जना निङ्लेखु, जहरसिं जिमी, कमला लिम्बूहिम, मागमान लिंखा, कमला लिंखा, कविता जिमी लगायतले अभिनय गरेका छन् । ‘ओम्ला’मा याक्खा जातिको संस्कार–संस्कृति डोकेनी नाच, धान नाच, मृत्यु संस्कार र छोरीको विवाहजस्ता कुरा समेटिएका छन् । फिल्मको अधिकांश छायांकन संखुवासभाको तामाफोकमा गरिएको निर्माण नियन्त्रक राजकुमार याक्खाले बताए ।

 

Leave A Comment