अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सुरु

बिहिबार, २८ पुष २०७३, ११ : ३४ शुक्रवार , Kathmandu
अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सुरु

धरानमा बुधवारबाट ‘इन्टरनेसनल फिल्म फेस्टिभल अफ नेपाल–२०१७’(इफोन) सुरु भएको छ । अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा पुस २७ देखि माघ २ गतेसम्म चल्ने फेस्बिभलमा १६ देशका ४७ फिल्मको प्रदर्शन गरिनेछ । फेस्टिभलअन्तर्गत अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा फिक्सनतर्फ नेपालबाट मीनबहादुर भामको ‘कालो पोथी’ र मनोज पण्डितको ’छायाँ’ छनोट भएको छ । त्यसै गरी डकुमेन्ट्रीतर्फ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा गणेश पाण्डेको ‘भाग्यले बाँचेकाहरू’ र भोजराज भाटको ‘सुनकली’ छानिएका छन् । नेपाल पानोरमातर्फ फिल्म विधामा नवल खड्काको ‘भीमदत्त’, अरुण प्रधानको ‘ओम्ला’, दिनेश पाल्पालीको ‘बालकृष्ण सम’ प्रदर्शन हुँदै छन् ।
फेस्टिभलको उद्घाटन समारोहमा नेपाल पानोरमातर्फ डकुमेन्ट्री प्रतिस्पर्धामा मानवशास्त्री डोरबहादुर विष्टको जीवनीमा आधारित वृत्तचित्र ‘म अलप हुन चाहन्छु’ प्रदर्शन भएको छ । प्रतिस्पर्धामा रामबहादुर रसाइलीले निर्देशन गरेको ‘अपाङको पीडा’, दिनेश खड्गी शाहीले निर्देशन गरेको ‘लाइफ डजन्ट रिवाइन्ड’ पनि रहेका छन् । फेस्टिभलमा अखण्ड भण्डारीको निर्देशन रहेको ‘द केभ स्माइल’ भने अप्रतिस्पर्धी विधामा छ । नेपाल पानोरमाकै सर्ट फिल्मको प्रतिस्पर्धामा सुसन प्रजापतिले निर्देशन गरेको ‘लाज’, कला संग्रौलाले निर्देशन गरेको ‘बुट्टेजामा’, प्रसन्न मालीले निर्देशन गरेको ‘तिर्खा’, भीम विश्वकर्माले निर्देशन गरेको ‘शून्य’,  राकेश महर्जनले निर्देशन गरेको ‘कल्ली’, सुवास गजुरेलले निर्देशन गरेको ‘हरे रामकी आमा’, सेनामा ग्याङबो तामाङले निर्देशन गरेको ‘झा लो’, प्रेम राउत र सागर विक्रम कडरियाले निर्देशन गरेको ‘डोम समाज’ प्रदर्शन हुने फेस्टिभलका स्थानीय संयोजक फिल्म निर्देशक दीपक श्रेष्ठले बताए ।

 

Leave A Comment