बालबालिकालाई साथीको सहयोग

बिहिबार, २० माघ २०७३, ०१ : ०३ शुक्रवार , Kathmandu
बालबालिकालाई साथीको सहयोग

सामाजिक कार्य गर्ने उद्देश्य लिएका युवाहरूको समूह ‘हामी साथी साथी’ले झापाको टाघनडुब्बा–८ स्थित नमुना प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।
दलित, गरिब तथा मजदुरका छोराछोरी अध्ययन गर्ने सो विद्यालयमा पुगेर समूहले ८० बालबालिकालाई स्वेटर, टोपी वितरण गरेको हो । झापाको विवेचना दैनिकको सहकार्यमा भएको कार्यक्रममा विद्यालयका १ सय ४० बालबालिकालाई जुत्ता र मोजा पनि वितरण गरिएको विवेचना दैनिकका सम्पादक हिमाल खरेलले बताए । यसअघि समूहले तेह्रथुमको संक्रान्ति बजारका आगलागीपीडित बालबालिकालाई पनि स्वेटर, न्यानो कपडा वितरण गरेको साथी समूहका शम्भु थापाले बताए । साथी समूहसँगै झापाकी युवा नेतृ अनीता कन्दङ्वाको सक्रियतामा तेह्रथुमका बालबालिकालाई कपी, कलम, पेन्सिल वितरण गरिएको थियो ।

 

Leave A Comment