पिज्जा नखाने कारा

बुधबार, ०४ फागुन २०७३, १२ : ०४ शुक्रवार , Kathmandu
पिज्जा नखाने कारा

सुपरमोडल कारा डेल टोरो जुन कार्यक्रममा जान्छिन्, त्यस कार्यक्रममा सबैको ध्यान उनीतर्फ केन्द्रित हुन पुग्छ । कसिलो ज्यान भएकी उनी अक्सर रिभिलिङ पहिरनमा सार्वजनिक सभा–समारोहमा पुग्ने गर्छिन्, जसकारण उनलाई फर्कीफर्की नहेर्न कसैले सक्दैन ।
‘यति सुन्दर देखिने तपाईं के खानुहुहुन्छ ?’ भनी एउटा म्यागजिनले सोध्दा उनले भनिन्, ‘जे पनि खान्छु । तर, बर्गर र पिज्जा चाहिँ खाँदिनँ ।’
आफू फिट रहनुको रहस्य खोल्दै उनले भनिन्, ‘म योग गर्छु । बेलाबेलामा हाइकिङ पनि जान्छु ।’ 

Leave A Comment