विल्सनको ‘कलेक्टिभ फेमिली स्टोर’

बिहिबार, ०५ फागुन २०७३, १२ : ३२ शुक्रवार , Kathmandu
विल्सनको ‘कलेक्टिभ फेमिली स्टोर’

हास्यकलाकार विल्सनविक्रम राईले राजधानीको भीमसेनगोलास्थित ‘कलेक्टिभ फेमिली स्टोर’ सञ्चालनमा ल्याएका छन् । अभिनेत्री सृष्टि श्रेष्ठले स्टोरको उद्घाटन गरिन् ।
कार्यक्रममा सुषमा कार्की, गायक बाबु बोगटी, हिमाल सागर, गायिका जुना प्रसाईं, अभिनेता गौरव पहारी पनि स्टोर पुगेका थिए । कलाकार विल्सनका साथी राजेन्द्र लिङ्देनका अनुसार विभिन्न ब्रान्डका सामान पाइने स्टोरमा पाइनेछ ।
स्टोरका म्यानेजिङ डारेक्टर लिङ्देनले एउटा परिवारका हरेक उमेरका सदस्यका लागि हरेक प्रकारका सामान स्टोरमा पाइने बताए । बेबी टोय, पावर ब्यांक, विद्युतीय सामग्री, विभिन्न ब्रान्डका पहिरन, ब्लाङ्केट, ब्युटी प्रोडक्ट स्टोरमा पाइन्छन् ।

Leave A Comment