शिल्पाको भ्यालेन्टाइन छवि

बिहिबार, ०५ फागुन २०७३, ०१ : ५८ शुक्रवार , Kathmandu
शिल्पाको भ्यालेन्टाइन छवि

अरू बेला खासै चर्चामा नआउने निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलको सम्बन्ध फिल्म रिलिजको बेला भने खुबै चर्चाको विषय बन्छ । त्यतिबेला छवि र शिल्पा फिल्मको कम, आफ्नो सम्बन्धको बारेमा बढी कुरा गर्छन् । दुवैका बारेमा थरीथरीका अनुमान हुने गरेका छन् । पछिल्लो समय भने शिल्पा र छविको विवाह नै भइसकेको हल्ला छ । तर, दुवैले आफ्नै मुखले यो कुरा स्वीकार गरेका छैनन् । तर, १४ फेब्रुअरी अर्थात् भ्यालेनटाइन्स डेमा शिल्पाले छविसँगको आफ्नो फोटो सेयर गर्दै सारा अनुमानको खेतीको अन्त्य गरेकी छिन् । ‘ह्याप्पी भ्यालेनटाइन्स डे’भन्दै  उनले सार्वजनिक गरेको फोटोले यही बताउँछ, उनीहरू अब एक्लाएक्लै छैनन् । बाबा भ्यालेन्टाइनले दुवैको सम्बन्ध चिरायु राखून् !

Leave A Comment