कपाल झर्नबाट रोक्ने घरेलु उपाय

मङ्गलबार, ०८ चैत २०७३, ०१ : ०२ शुक्रवार , Kathmandu
कपाल झर्नबाट रोक्ने घरेलु उपाय

मञ्जु कार्की पाण्डे, सौन्दर्यकर्मी
कपाल झर्ने समस्याबाट धेरैजना पीडित हुने गरेका छन् । कपाल झर्नबाट रोक्न र झरेको ठाउँमा नयाँ कपाल उमार्नका लागि केही घरेलु विधिः
–नीम र बयरका पातलाई पिसेर कपालमा लगाउनुहोस् । दुई घण्टापछि कपाल धुनुहोस् । एक महिनासम्म यसो गर्दा कपाल झर्न बन्द हुनेछ र नयाँ कपाल उम्रिनेछ ।
–कागतीको बीउलाई पिसेर कपाल खुइलिएको ठाउँमा लेप लगाउनाले कपाल उम्रिन्छ ।
–कपाल झर्ने समस्याबाट बच्न नरिवलको तेलमा अलिकति मेथीको दाना हालेर तताउनुहोस् । त्यसपछि यो तेललाई छानेर बोतलमा राख्नुहोस् । नियमित रूपले यो तेलको प्रयोग गर्नुहोस् ।
–कागतीको ताजा बोक्रालाई पानीमा हालेर बोक्रा पूरै नगलुञ्जेलसम्म उमाल्नुहोस् । पानीलाई बिस्तारै–बिस्तारै टाउकोमा रगड्नुहोस् । यसबाट टाउकोको पूरै मैला निस्किन्छ तथा कपाल झर्न रोकिन्छ ।
–कपालमा अमलाको रसले मालिस गर्नुहोस् । खुइलिएको ठाउँमा नयाँ कपाल उम्रिन थाल्नेछ ।
–लसुनको तेल लगाउँदा कपाल झर्नबाट रोकिन्छ ।
–काउली र बन्दा नियमित खानाले कपाल झर्न कम हुन्छ ।
–एक सय ग्राम नीमको पातलाई एक लिटर पानीमा उमाल्नुहोस्, यसले टाउको धुनुहोस् । टाउकोका फोकाहरू हट्नेछन् । साथै, खुइलिएको स्थानमा पनि कपाल उम्रिन थाल्नेछन् । टाउको धोइसकेपछि नीमको तेल लगाउनुहोस् ।
–अनारको पात पिसेर कपालमा त्यसको लेप लगाउनाले खुइलिएको स्थानमा कपाल पलाउँछ ।
–बन्दाको रसले नियमित मसाज गर्दा कपाल खुइलिने, टुक्रिने, झर्ने समस्याबाट बच्न सकिन्छ ।
–कपाल खुइलिएको ठाउँमा हरियो धनियाँको रस लगाउनाले कपाल उम्रिन थाल्छन् ।
–नियमित कागती टाउकोमा रगड्नाले पनि कपाल उम्रिन्छन् ।
–केराको बोक्राको मालिसले कपाल झर्ने समस्या हट्छ ।
–ताजा सयपत्रीका पात मिचेर कपालमा लगाउनुहोस्, एकदुई घण्टासम्म राख्नुहोस्  र धुनुहोस् ।
–हप्तामा एक या दुई पटक आधा कचौरा दहीमा एउटा कागती निचोरेर कपालमा लगाउनुहोस् । त्यसपछि नुहाउनुहोस् । कपालको जरा बलियो हुनेछ ।
–एक कागतीको रस, आधा कचौरा तेलमा मिसाएर सुत्ने बेला कपालमा लगाउनुहोस्, बिहान कपाल पखाल्नुहोस् । नरम हुनुका साथै कपाल झर्न बन्द हुनेछ ।
–महमा कागतीको रस मिलाएर जरामा लगाउनुहोस् । आधा घण्टापछि टाउको धुनुहोस् । एक महिनाभरि, हप्तामा दुई पटक यसो गरिए कपाल बलियो भएर झर्न रोकिनेछ । कपाल चम्किलो बन्नेछ ।
–कपाल खुइलिएको ठाउँमा काँक्राको रस लगाउँदा पनि कपाल उम्रिन थाल्छन् ।
–दुई ठूलो चम्चा दाना मेथी रातभरि पानीमा भिजाउने । बिहान मसिनो पिसेर कपालमा लगाउनुहोस् । आधा घण्टाजति राख्नुहोस् । यसबाट कपाल झर्न कम हुन्छ र सुक्खापन पनि हट्छ ।
–भाङका पातको रसले मसाज गर्दा पनि कपाल झर्न बन्द हुन्छ ।
–एक गिलास पानीमा दुई चम्चा चियापत्ती हालेर उमाल्नुहोस् । चिसो भइसकेपछि यसमा कागती निचोर्नुहोस् । कपालमा दल्नुहोस् । सुकेपछि सफा पानीले पखाल्नुहोस् । यसो गर्दा कपाल स्वस्थ, चम्किलो र बलियो बन्छ ।
–झर्नबाट रोक्न कपाललाई बाफ दिइरहनुपर्छ ।
–तुलसीका बीउलाई बेल या नीमका पातसँग उमालेर, त्यसले कपाल धुनाले लाभ हुन्छ ।  

 

Leave A Comment