यसरी भइन्छ फेसनेबल

सोमबार, ११ बैशाख २०७४, १२ : ४४ शुक्रवार , Kathmandu
यसरी भइन्छ फेसनेबल

नवीन लुइँटेल, फेसन डिजाइनर
सेन्ट्रल फेसन हब, कुपन्डोल
फेसनेबल देखिन चलिरहेको फेसन ट्रेन्डलाई पछ्याउनुपर्छ । फेसन ट्रेन्ड सधैँ एकनास हुँदैन । नयाँ फेसन ट्रेन्ड, कलर कम्बिनेसन, एक्सेसरिजअनुसार आउटफिट छनोट गर्न सकिएन भने चाहेर पनि स्टाइलिस देखिन सकिँदैन ।
फेसन आइडिया
–प्रिन्टेड टप र प्रिन्टेड लेगिङ्स लगाउन चाहनुहुन्छ भने प्लेन र सोलिड कलरको एक्सेसरिजको कम्बिनेसन गर्दा राम्रो हुन्छ ।
–एनिमल प्रिन्टको कुनै पनि ड्रेस लगाउँदै हुनुहुन्छ भने सनग्लास, ब्याग, फुटवेयर, हेयर एक्सेसरिज या बेल्टमध्ये कुनै एउटा एक्सेसरिज मात्र एनिमल प्रिन्ट लगाउनुपर्छ ।
–एक पटकमा एउटा मात्रै हेयर एक्सेसरिज प्रयोग गर्ने ।  हेयरब्यान्ड, हेयरपिन्स, हेयरक्लिप एकसाथ सबै लगाउनु हुन्न । क्याजुअल र ट्रेडिसनल ड्रेसअनुसार एक्सेसरिजको छनोट गर्नुपर्छ ।
–सादा रङको ड्रेसमा एनिमल प्रिन्टको एक्सेसरिजको सट्टा फ्लोरल प्रिन्टको एक्सेसरिज प्रयोग गर्दा राम्रो देखिन्छ । यसो गर्दा उमेर कम देखिनुका साथै फ्रेस लुक पाउन सकिन्छ ।
–इभिनिङ प्लेन पार्टी ड्रेसस“ग हिराको गहना आकर्Èक देखिन्छन् । लिप र आइमेकअप हाइलाइट गर्दा अझै सुन्दर देखिन्छ ।
–सादा फेब्रिकस“ग म्याचिङ एक्सेसरिज प्रयोग गर्दा नसुहाउने भएकाले एनिमल प्रिन्टेड ब्याग वा जुत्ताचप्पल प्रयोग गर्दा राम्रो देखिन्छ ।
–ककटेल पार्टीमा जाँदा वानपिस रातो ड्रेस छान्नुभयो भने यसले तपाईंलाई ग्ल्यामरस देखाउन मद्दत गर्छ ।
–सादा रङको इभिनिङ ड्रेस या सर्ट ड्रेससग एउटै रङको बेल्ट लगाउने र बेल्टको क्लचमा गोल्ड या डाइमन्ड लकेट लगाउँदा राम्रो देखिन्छ ।
–फंकी मल्टिकलर चुरा र फूलको सेप भएको हेयर क्लिप कुर्तासुरुवालमा सुहाउँछ ।
–पूरै प्लेन पोल्का डट ड्रेसस“ग सादा रङका एक्सेसरिजले स्मार्ट लुक पाउन सकिन्छ । कलर ब्लाउजमा पोल्का डट प्रयोग गर्ने हो भने योसग प्लेन पेन्सिल स्कर्टको प्रयोग पर्फेक्ट मानिन्छ ।
–बो टप एवं पोलो नेक टप दुवै फेसनमा रहेकाले यस्ता टपहरू जिन्स पाइन्टको साथमा लगाउन सकिन्छ ।  
–सर्ट ड्रेस कम्फर्टको हिसाबले सही मानिन्छ । एक्सएल साइजको सर्ट लगाउने हो भने बडी सेपको लागि कुनै पनि किसिमको बेल्ट प्रयोग गर्दा राम्रो देखिन्छ ।
–सानो ह्यान्डल भएको ठूलो टोट ब्याग कहिले पनि आउट अफ फेसन हुदैन । टोट ब्यागको बेसिक कलर भनेको ब्याल्क र ह्वाइट हो । एनिमल प्रिन्टेड टोट ब्याग क्याजुअल र ककटेल आउटफिटसग सुहाउँछ ।
–रंगिन कुर्तासँग सादा रङको लेगिङ्स र चम्किलो रङको एक्सेसरिज प्रयोग गर्नुपर्छ ।
–सुन्तला रङ अहिले फेसनमा छ । यो रङको घडी, ब्याग एवं जुत्ताचप्पलको प्रयोग गर्दा ट्रेन्डी लुक पाउन सकिन्छ ।
–स्ट्रेटकट अनारकली, ए लाइन कुर्ता प्रिन्टेड या फ्लोरल प्रिन्टेड अहिलेको लेटेस्ट फेसन ट्रेन्डमा छ ।
–आजभोलि धेरैले जिन्सको साटो रंगिन ट्राउजर लगाउन रुचाउँछन् । तर, यो सबैलाई सुट गर्छ भन्ने हुँदैन । त्यसको साटो रंगिन जिन्सको प्रयोग गर्न सकिन्छ ।
–मोती, स्टोन एवं मेटल तीन वटाको नेकलेस एकै पटक प्रयोग गर्नु हुदैन । ठूलो नेकपिस प्रयोग गर्ने हो भने कान र हातमा अरू केही नलगाउने । नेकपिसस“ग घडीमात्र लगाउँदा राम्रो देखिन्छ ।
–प्रिन्टेड ट्युनिक टपस“ग डेनिम जिन्सको प्रयोगले कुल लुक पाउन सकिन्छ । तर, यसको लम्बाइ घुँडादेखि केही माथि छ भने डेनिम जिन्सको साटो लेगिङ्सको प्रयोग पर्फेक्ट हुन्छ ।
–क्याजुअल आउटफिटमा स्मार्ट देखिन चम्किलो रङको हुन्डी ज्याकेटस“ग प्रिन्टेड हलुका रङको जम्प या प्ले सुट प्रयोग गर्नुपर्र्छ ।
–लामो टिसर्ट राम्रो देखिने भएकाले यसलाई सर्ट स्कर्ट, प्यान्ट वा लेगिंङ्सस“ग लगाउँदा राम्रो देखिन्छ ।
–चुडीदार कुर्तासुरुवालस“ग कहिले पनि स्पोट्र्स वाचको प्रयोग गर्नु हुदैन । ठूलो डायलको घडी या पातलो स्ट्रिप भएको घडी नै ट्रेडिसनल ड्रेससग म्याच गर्छ ।

Leave A Comment