संगत गुनाको फल

शनिबार, १६ बैशाख २०७४, ११ : ४४ विदुर नीति , Kathmandu
संगत गुनाको फल

जुन व्यक्तिको बोली रुखो र स्वभाव कठोर छ, जसले मर्म पर्नेगरी वचनरूपी तीर चलाएर अरू मानिसलाई पीडा दिन्छ, अथवा असन्तुष्ट स्वभाववाला छ, उसले आफूलाई महादरिद्र व्यक्ति हुँ भन्ने ठानोस् । किनकि, त्यस्ता रुखो बोल्ने र कठोर स्वभाव भएका व्यक्तिले आफ्नो मुखमा गरिबी र मृत्युलाई बाँधेर राखे समान नै हो ।
कुनै मेधावी र विद्वान् व्यक्तिलाई यदि कसैले आगो र सूर्य समान पोल्ने तीखा वचनरूपी वाणले धेरै चोट पु¥याएको छ भने त्यस्ता विद्वान् व्यक्तिले आफूलाई मार वा चोट परेर कडा पीडा सहनुपरे तापनि ऊ सधैँ आफ्ना पुण्यहरू बढ्दै गइरहेका छन् भन्ने सम्झँदै रहोस् ।
जस्तो रङमा लुगा रंगाइन्छ, लुगा पनि त्यस्तै रङको हुन जान्छ । सज्जनले असज्जनको अनि तपस्वीको अथवा चोरको सेवा संगत गर्छ भने त्यस्तो सज्जन व्यक्तिको स्वभाव पनि कपडाले रङ बदलिएजस्तै गरी बदलिन थाल्दछ । अनि, ऊ दुष्ट, तपस्वी र चोरमध्ये जसको सेवा र संगत गरेको छ, त्यस्तै नै हुन्छ ।
जो मानिस आफैँले कसैप्रति पनि नराम्रो कुरा बोल्दैन, अरू व्यक्तिद्वारा पनि बोल्न लगाउँदैन । आफैँ पिटाइ अर्थात आफूलाई आइनलागेसम्म न कसैलाई पिट्दछ न अरूद्वारा नै पिटाउँछ । आफूलाई पिटाइ खाएर पनि पिट्नेलाई त्यसै छाड्छ । देवताहरूले पनि यस किसिमका सहनशील मानिसहरू आफूकहाँ आइदिए हुन्थ्यो भनी बाटो हेरिरहन्छन् । मानिस जो कस्तो व्यक्तिसँग बस्दछ, जे जस्तो सेवन गर्दछ वा संगत गर्दछ अथवा आफूजस्तो बन्न चाहन्छ, त्यस्तै नै बन्न पुग्छ ।
 

Leave A Comment