सुन्दरता बढाउन

आइतबार, १७ बैशाख २०७४, ०२ : १९ शुक्रवार , Kathmandu
सुन्दरता बढाउन

हरियो सागपात
हरियो सागपात स्वास्थ्यका लागि मात्र नभई सुन्दरताका निम्ति पनि आवश्यक छ । हरियो सागपातले रगत सफा गर्न, पाचन शक्ति राम्रो बनाउन र छालालाई चम्किलो बनाउन मद्दत गर्छ । तनाव र चिन्ताले उत्पन्न हुने धेरै समस्यालाई पनि यसले कम गर्छ । यसले छालालाई छिट्टै चाउरिनबाट पनि जोगाउँछ । त्यसैले हरियो सागपातलाई दैनिक भोजनमा सामेल गर्नुहोस् ।
निद्रा
निद्राले शारीरिक र मानसिक स्वास्थ्यमा प्रभाव पार्छ । महिलालाई राम्री देखाउनमा निद्राले ठूलो भूमिका खेलिरहेको हुन्छ । शरीरको आवश्यकताअनुसार सुत्नु आवश्यक छ ।  निद्रा नपुग्दा मानिस थकित र तनावग्रस्त त देखिन्छ नै यसले गर्दा छालामा पनि नराम्रो असर पर्न जान्छ । यदि आँखा वरिपरि कालो घेरा नचाहनेहरूले कम्तीमा पनि सात घण्टा सुत्नैपर्छ । सुत्दा मस्तिष्क र शरीरले आराम पाउँछन् । सुत्दा छालाका कोशिकाहरूको पुनःनिर्माण हुन्छ भने छाला ताजा र चम्किलो देखिन्छ ।
नरिवल तेल
अनुहार र शरीरका लागि नरिवल निकै उपयोगी छ । छालालाई चाउरिन नदिने एन्टी–एजिङ क्रिमको विकल्पका रूपमा यसले काम गर्न सक्छ भने फेस क्लिन्जर र कपालका लागि भने कन्डिसनरको काम गर्छ । नरिवलको तेल खनिज र भिटामिनले भरिपूर्ण हुन्छ । यसले तपाईंको छालालाई चाउरिन र सुक्खा हुन दिँदैन ।
नियमित व्यायाम
शरीरलाई स्वस्थ र सुन्दर बनाउन नियमित व्यायामले ठूलो मद्दत गर्छ । त्यसका लागि दिनहुँ जिम वा क्लबमै जानुपर्छ भन्ने छैन । आधा घण्टासम्म घरमै गरिने केही साधारण अभ्यासद्वारा तनाव र बोसोलाई सजिलै कम गर्न सकिन्छ । नियमित अभ्यासले रक्तसञ्चार गराउँछ । जसले अनुहारलाई फ्रेस देखाउने, चमक ल्याउने र महिलालाई आफ्नो उमेरभन्दा कम देखाउन मद्दत गर्छ ।
भिटामिन
सुन्दरताका लागि दिनहुँ भिटामिनको प्रयोग आवश्यक छ । महिलाकोे रूपरङका लागि सबैभन्दा महत्वपूर्ण हुन्, भिटामिन्स । साग, तरकारी, फलफूलमा विभिन्न भिटामिन पाइन्छन् । आफ्नो सन्तुलित आहारमा साग, तरकारी, फलफूललाई सामेल गर्नुहोस् ।

Leave A Comment