रिसाइन् एरिएल

शनिबार, ३० बैशाख २०७४, १२ : ०६ शुक्रवार , Kathmandu
रिसाइन् एरिएल

हास्य टेलिसिरियल ‘मोडर्न फेमिली’मा अभिनय गरेकी अमेरिकी अभिनेत्री एरिएल विन्टर रिसाएकी छिन् । केही समयअघि उनी एक सार्वजनिक कार्यक्रममा वानपिस पहिरन लगाएर पुगेकी थिइन् । ‘क्लिभेज’ देखिने गरी उनले लगाएको त्यो वानपिस ड्रेसको सामाजिक सञ्जालमा चर्को आलोचना भयो । १९ वर्षीया अभिनेत्रीले यस्तो ड्रेस लगाएर सार्वजनिक कार्यक्रममा जानु नहुने भन्दै उनको आलोचना भएको थियो । आलोचनाबाट रिसाएकी एरिएलले त्यसको जवाफ फर्काएकी छिन् ।
‘मैले अरूजस्तै सामान्य ड्रेस लगाइनँ भनेर किन अरूको टाउको दुखेको होला ? मलाई अरूजस्तै हुन के खाँचो छ ? जसलाई जे मन पर्छ, उसलाई त्यस्तै गर्ने छुट दिन किन आपत्ति ? जसलाई जस्तो लुगा लगाउन मन पर्छ, उसले लगाउँछ, अरूले बित्थामा किन टाउको दुखाउनु ?’ इन्स्टाग्राममा उनले लेखेकी छिन् ।

 

Leave A Comment