लगनगाँठो कस्ने तयारीमा पेरिस !

आइतबार, ३१ बैशाख २०७४, ०१ : ०६ शुक्रवार , Kathmandu
लगनगाँठो कस्ने तयारीमा पेरिस !

मोडल तथा अभिनेत्री पेरिस हिल्टनले ब्वाइफ्रेन्ड क्रिस जिल्कासँग लगनगाँठो कस्ने तयारीमा छिन् । हालै एउटा कार्यक्रममा उनलाई ब्वाइफ्रेन्डबारे सोध्दा उनले क्रिसलाई आफ्नो परिवारले समेत स्वीकार गरेको बताएकी थिइन् । ‘हाम्रो जोडी सायद पूर्वजन्ममै निर्धारित भइसकेको थियो,’ पेरिसले भनिन्, ‘म ऊसँग खुशी छु । मेरी आमा पनि उसलाई रुचाउनुहुन्छ र उहाँले हाम्रो सम्बन्धलाई स्वीकार गरिसक्नुभएको छ ।’ क्रिसलाई उनले ‘माया गर्ने र विश्वास गर्ने सबैभन्दा नजिकको साथी’ समेत भनेकी छिन् । ‘क्रिसलाई परिवारको सदस्य बनाउन म र आमा तयार छौँ,’ उनले भनिन् ।

Leave A Comment