मोडलिङमा निशाको संघर्ष

शनिबार, २७ जेठ २०७४, ०२ : २४ शुक्रवार , Kathmandu
मोडलिङमा निशाको संघर्ष

मोडलिङमा करिअर बनाउन धरानबाट राजधानी पसेकी निशा पोमु लिम्बू अहिले मोडलिङसँगै अभिनयमा व्यस्त बन्न थालेकी छिन् ।
धरानबाट म्युजिक भिडियो र र्याम्प मोडलिङ सुरु गरेकी निशाले अभिनय गरेको राजेश पायल राई र ममता राईको नयाँ गीत ‘फूलै राखी हातैमा’ मा मोडल तथा गायक रुक्मान लिम्बुसँग अभिनय गरेकी छिन् । यसअघि थुप्रै भिडियोमा काम गरिसकेकी निशाले चलचित्र दुस्साहसमा नायिकाका रूपमा अभिनय गरेकी छिन् ।
मिस लिम्बू प्रतिस्पर्धामा सहभागी भएर आफ्नो प्रतिभा निखारेकी निशा नृत्यमा पारंगत छिन् । उनले देश विदेशका मञ्चमा आफ्नो नृत्यकला प्रस्तुत गरिसकेकी छिन् । ग्ल्यामर क्षेत्र आफ्नो रुचिको विषय भएको बताउने निशा भन्छिन् ‘ग्ल्यामर क्षेत्रमा स्थापित हुन संघर्ष गरिरहेकी छु । सफलता पाउँछु भन्ने विश्वास छ ।’

 

Leave A Comment