‘मन्दिरा’ कि विनिता ?

मङ्गलबार, २७ असार २०७४, ०१ : १६ शुक्रवार , Kathmandu
‘मन्दिरा’ कि विनिता ?

झापाकी विनिता ओली पहिलादेखि नै मोडलिङमा सक्रिय हुन् तर अहिले उनको चर्चा चुलिंदो छ । कारण उनी चलचित्रको पर्दामा नायिका बनेर उदाउँदै छिन् ।

असार २३ मा रिजिल हुने चलचित्र ‘मन्दिरा’को मुख्य भूमिकामा रहेकी विनितालाई धेरैले मन्दिरा कि विनिता भनेर पनि जिस्क्याउँछन् ।
धेरैवटा म्युजिक भिडियो र विज्ञापनमा मोडलिङ गर्दै आएकी विनिताको अभिनयबाट प्रभावित भएको ‘मन्दिरा’का निर्देशक दिपेश सापकोटा बताउँछन् । भन्छन्, ‘यस क्षेत्रमा केही गरौं भनेर लागेकी विनिताले भविष्यमा पनि राम्रो गर्ने सम्भावना छ ।’ हरि भट्टले निर्माण गरेको ‘मन्दिरा’मा नायिका बनेकी विनिता आफूलाई पूर्वबाट उदाउने नयाँ नायिकाका रुपमा स्थापित गर्न चाहन्छिन् । भन्छिन्, ‘अभिनयका लागि धेरै मिहिनेत गरेकी छु, मिहिनेतको फल पनि राम्रै होला भन्ने आशा छ ।

Leave A Comment