अम्बिका र चन्द्रावतीको ‘माइती देशै झलल’

शनिबार, ३१ असार २०७४, ०१ : १० शुक्रवार , Kathmandu
अम्बिका र चन्द्रावतीको ‘माइती देशै झलल’

साहित्यकार तथा लोकगायिका अम्बिका भण्डारी र चन्द्रावती वाग्लेको संयुक्त प्रस्तुति ‘माइती देशै झलल’को भिडियो सार्वजनिक भएको छ । सफलता मिडिया प्रा.लि.को आयोजनामा भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ लोकगायिका तथा प्राज्ञ हरिदेवी कोइरालाले लोक संस्कृतिको क्षेत्रमा निरन्तर लागेर वर्षैपिच्छे तीजेभाका बजारमा ल्याउन सफल अम्बिका भण्डारीको खुलेर प्रशंसा गरिन् ।
स्रष्टा साहित्यकार तथा लोक गायिका अम्बिका भण्डारी र चन्द्रावती वाग्लेले आम नागरिकको साथ सहयोग र प्रेरणाले यसरी मौलिक लयमा आधारित तीजेभाका बजारमा ल्याउन सफल भएका भन्दै सबैलाई धन्यवाद ज्ञापन गरिन् । एक दसकदेखि साहित्य, संगीतको क्षेत्रमा लागेकी लोकगायिका अम्बिका भण्डारीले २०७० सालदेखि निरन्तर नेपाली लोकलयमा आधारित तीजेभाका बजारमा ल्याउँदै आएकी छन् ।

 

Leave A Comment