अनुहार सफा गर्दा गरिने गल्ती

शनिबार, ३१ असार २०७४, ०१ : १५ शुक्रवार , Kathmandu
अनुहार सफा गर्दा गरिने गल्ती

अनुहार सफा गर्नु सजिलो काम हो तर जसरी हामी अनुहार सफा गर्छौं, त्यो उति राम्रो तरिका भने होइन । हामीले अनुहार सफा गर्दा गर्ने गल्तीले हाम्रो अनुहारमा चमक आउँदैन ।
–    अनुहार सफा गर्ने पानी न धेरै तातो न त चिसो पानी हुन्छ । अनुहार सफा गर्दा मनतातो पानीको प्रयोग गर्दा राम्रो हुन्छ ।
–    अनुहार सफा गर्दा तपाईंले स्क्रब प्रयोग गर्नुहुन्छ भने सफा हातले बिस्तारै अनुहारमा लगाउनु होस् । नत्र पछि अनुहारमा दाग लाग्न सक्छ । जसले अनुहार राम्रो देखिँदैन ।
–    तपाईं आफ्नो अनुहारको मेकअपलाई हटाउँदै हुनुहुन्छ भने एकै चोटि अनुहारलाई पखाल्नुभन्दा त्यसलाई पहिले रुवाले सफा गर्नु राम्रो हुन्छ ।
–    अनुहार सफा गर्दै हुनुहुन्छ भने आफ्नो हातलाई राम्रोसँग सफा गर्नुपर्छ । यसले अनुहारमा हातको फोहोर जान सक्दैन ।
–    अनुहारलाई घरिघरि सफा गर्नु हुँदैन, यसले अनुहारको निखारलाई कम गर्छ ।  
–    अनुहारलाई सफा गरिसकेपछि हल्का हातले पुछ्नु राम्रो हुन्छ । अनुहारलाई कहिल्यै पनि रगड्नु हुँदैन ।
–    अनुहारमा साबुनको प्रयोग कहिल्यै पनि गर्नु हुँदैन । फेसवास सकिएको अवस्थामा भने बेसनले अनुहार सफा गरेको राम्रो ।

 

Leave A Comment