इशाको बोल्ड अवतार

आइतबार, ०१ साउन २०७४, ०२ : ४७ शुक्रवार , Kathmandu
इशाको बोल्ड अवतार

इशा गुप्ताको अभिनय आफ्नो ठाउँमा छ तर उनको अभिनयभन्दा पनि उनको बोल्ड फिगरले जतततै प्राथमिकता पाउँछ । आखिर उनी देखिन्छिन् पनि उत्तिकै कामुक । लामो समयदेखि फिल्मी पर्दामा नदेखिएकी उनी केही समयमै अजय देवगन र इमरान हासमीसँगै ‘बादशाहो’मा आउँदैछिन् । फिल्मका ट्रेलर र केही गीत आइसकेका छन् । ट्रेलरमा उनी सनसनीपूर्ण अवतारमा देखिएकी छन् । अझ ट्रेलरलाई नै मात खुवाउने गरी उनले इन्स्टाग्राममा बोल्ड अवतारको भिडियो प्रस्तुत गरेकी छन् । भिडियोको सुरुवातमा उनी बिकिनीमा देखिए पनि मध्यान्तरतिर उनलाई अर्धनग्न अवस्थामा देख्न सकिन्छ । ‘कमिङ सुन’ मात्र लेखेर इन्स्टाग्राममा पोस्टेकी उनको यो भिडियो आगामी फिल्म हो वा कुनै कमर्सियल भिडियो त्यो त समयले नै बताउला ।

 

Leave A Comment