गर्भधारणको बेला यौन आनन्द

आइतबार, ०१ साउन २०७४, ०२ : ५० शुक्रवार , Kathmandu
गर्भधारणको बेला यौन आनन्द

म २५ वर्षीया विवाहित महिला हुँ । बिहे भएको दुई वर्ष भयो । अहिले गर्भवती छु । पेटमा बच्चा भएको बेलामा शारीरिक सम्बन्ध राख्न हुन्छ कि हुँदैन ? हुन्छ भने के–के सावधानी अपनाउनुपर्ला ?
एल

यस विषयमा धेरै दम्पतीले जिज्ञासा राख्ने गरेका छन् । गर्भवती महिलाको गर्भधारणको कुल समय सामान्यतया नौ महिना एक हप्ता हुन्छ । यसलाई चिकित्सा विज्ञानमा सजिलोका लागि तीन भागमा बाँडिएको छ– पहिलो तीन महिना (फस्ट ट्राइमेस्टर), दोस्रो तीन महिना(सेकेन्ड ट्राइमेस्टर) र तेस्रो तीन महिना (थर्ड ट्राइमेस्टर) । पहिलो तीन महिना गर्भमा रहेको भू्रणको प्रारम्भिक विकास र यसको सुरक्षाका अवयवहरू बन्ने र तिनको व्यवस्थापन गर्ने समय हो । त्यसबेला शरीरमा अत्यधिक कम्पन वा संक्रमणले गर्भको बच्चालाई हानि गर्न सक्छ । त्यसैले पहिलो तीन महिना यौन सम्पर्कका लागि उपयुक्त मानिँदैन । यद्यपि शारीरिक रूपमा पूर्ण स्वस्थ स्त्री–पुरुषले सफा सुग्घर भएर यौन सम्पर्क गर्दा असर परिहाल्छ भन्न मिल्दैन तर त्यसबेला शरीरमा अत्यधिक कम्पन र उत्तेजना पैदा गर्ने आसन प्रयोग गर्नु हुँदैन ।
गर्भधारणको दोस्रो त्रैमासिक यौन सम्पर्कका लागि सबैभन्दा सुरक्षित र उपयुक्त मानिन्छ । यतिखेर गर्भको बच्चालाई प्रकृतिले नै पूर्ण सुरक्षा प्रदान गरिसकेको हुन्छ । त्यसबेला कुनै पनि किसिमको कम्पन र संक्रमणले गर्भको बच्चालाई प्रभावित गर्न सक्दैन । गर्भवती स्त्री र उनको यौन साथीले आसन परिवर्तन गर्दैै आफूलाई उपयुक्त प्राक्क्रीडा गर्न सक्छन् । गर्भधारणको तेस्रो र अन्तिम त्रैमासिक समयमा महिलाको पेट ठूलो भएर सामान्यता महिला–पुरुषले प्रयोग गर्ने पुरुष माथि र महिला तल भएर गरिने सम्भोग गर्न अप्ठ्यारो हुन्छ । त्यस्तो अवस्थामा यथेष्ट घर्षण र लिंग प्रवेशमा बाधा पुग्ने मात्र होइन, गर्भाशयमा बढी चाप पर्दा महिलालाई सास फेर्न गाह्रो हुने र पेटको बच्चाको स्वास्थ्यमा पनि असर पर्न सक्छ । त्यसकारण यस्तो बेला पुरुष तल र स्त्री माथि भएर यौन सम्पर्क गर्दा समस्या नपर्न सक्छ । तर, त्यसमा पनि उत्तम आसन स्त्री, पुरुष दुवै एकैतर्पm फर्किएर बिछ्यौनामा पल्टिने र पछाडिबाट पुरुषले स्त्रीको एउटा खुट्टालाई आफ्नो हातले उठाएर उनको योनीमा लिंग प्रवेश गराउनु सबैभन्दा उत्तम आसन मानिन्छ ।
गर्भमा रहेको बच्चाको वरिपरि पानीको थैलोले बच्चाको रक्षा गर्ने र गर्भाशयभित्र योे थैलो सुरक्षित भएर रहने हुँदा यौन सम्पर्कबाट संक्रमण पैदा हुन्छ भन्ने धारण पूर्ण रूपमा सही होइन भन्न सकिन्छ तर प्रथम त्रैमासिकमा कमजोर भू्रण र गर्भाशयको भित्ताबीचको सम्पर्कलाई यौन सम्पर्कको कम्पनले अझ कमजोर बनाएर गर्भपतन नगराओस् भन्नका लागि हलुका घर्षण र महिलाको शारीरिक स्वास्थ्य र खानपिनमा विचार पु¥याउनुपर्छ । अन्तिम त्रैमासिकमा ठूलो भएको गर्भाशयमाथि अनावश्यक दबाब नपुगोस् भनी उपयुक्त आसनको व्यवस्थापन गर्ने कुरामा ध्यान दिनुपर्छ । यी कुरामा सचेत दम्पतीले निर्धक्क भएर गर्भधारणको बेला पनि यौन आनन्द लिन सक्छन् ।

Leave A Comment