ओस्कारको अभाव

मङ्गलबार, ३१ साउन २०७४, १० : १२ शुक्रवार , Kathmandu
ओस्कारको अभाव

सांघाई एसआइपिजीका प्रशिक्षक आन्द्रे भिलास बोआसले प्रतिबन्धका कारण लामो समयदेखि अनुपस्थित रहँदै आएका ब्राजिली मिडफिल्डर ओस्कारको अभावले क्लबको चिनियाँ सुपर लिग (सिएसएल) मा उपाधि जित्ने लक्ष्य धरमराउने चिन्ता व्यक्त गरेका छन् ।
दोस्रो स्थानको सांघाई एसआइपिजीले तेस्रो स्थानको तियान्जिन क्वानजियानसँग गोलरहित बराबरी खेल्दै साताको अन्त्य गरेको थियो । सांघाई एसआइपिजीले २० खेलबाट ४१ अंक जोडेको छ । जुन शीर्ष स्थानको ग्वानझाउ इभरग्रान्डेभन्दा ३ अंक कम हो ।

 

Leave A Comment