अन्योलता वा सफलता

शनिबार, १७ भदौ २०७४, १० : ५५ शुक्रवार , Kathmandu
अन्योलता वा सफलता

आर. मानन्धर

लुइस क्यारोलको विश्वप्रसिद्ध उपन्यास ‘एलिस इन वन्डरल्यान्ड’मा एलिस र एउटा बिरालोबीच एउटा प्रख्यात सम्वाद छ —
एलिस अन्योलमा छे र बिरालोलाई सोध्छे, ‘म कुन बाटो जानु ठीक होला ?’
बिरालोले उत्तर दिन्छ, ‘त्यो त तिमी कहाँ पुग्न चाहन्छौ, त्यसमा भर पर्छ ।’
एलिस भन्छे, ‘कहाँ पुगिन्छ भन्नेमा मलाई धेरै चासो छैन ।’
बिरालोले जवाफमा भन्छ, ‘त्यसो भए त जुन बाटो समाए पनि केही फरक पर्दैन ।’
एलिसले स्पष्ट पार्न खोज्छे, ‘जबसम्म कहीँ कतै पुगिन्छ, मलाई ठीकै छ ।’
बिरालोले भन्छ, ‘ठीक छ, जुन बाटो हिँडे पनि हुन्छ तर निक्कै परसम्म हिँड्नु पर्ने हुन्छ ।’
यसको अर्थ हो जबसम्म लक्ष्य हुँदैन हामी हिँडिरहेका त हुन्छौं तर कहाँ पुगिन्छ थाहा हुँदैन । यसै सम्वादका आधारमा प्रख्यात भनाइ विकास भयो— ‘तपाईंलाई कहाँ पुग्ने हो भन्ने थाहा छैन भने जुनसुकै बाटोले पनि तपाईंलाई पु¥याउँछ तर कता पु¥याउँछ, कति हिँड्नु पर्छ अत्तोपत्तो हुँदैन ।’
सफलताको यात्रा भौतिक गन्तव्यको यात्रा उस्तै कुरा हुन् । दुवैमा पहिले लक्ष्य निर्धारण गर्नुपर्छ । कहाँ जान खोजेको स्पष्ट हुनु जरूरी छ । त्यसपछि मात्र बाटोको सोधखोज हुन्छ । नत्र तपाईंको सोधखोज पनि माथिको एलिसको सम्वादजस्तो हुन जान्छ ।
भर्खर कलेज सकेर निस्केका युवाहरूमा मैले धेरै अन्योल पाएको छु । कलेजबाट निस्किने बेला युवायुवतीहरूमा एक किसिमको मानसिक तनाव रहन्छ — यसपछि के गर्ने होला ? कलेजमा हुँदासम्म के गर्ने निश्चित छ — राम्रो पढाइ गरेर अब्बल दर्जामा उत्तीर्ण हुने । के पढ्ने भन्ने कुरा पनि निश्चित छ — पाठ्यपुस्तक छ, पाठ्यक्रम छ । अंग्रेजीमा पाठ्यक्रमलाई करिकुलम भनिन्छ जुन ल्याटिनबाट आएको हो । यसको अर्थ हुन्छ– घोडादौड प्रतियोगितामा घोडा दगुर्ने बाटो । घोडा दौडमा जस्तै हाम्रो शिक्षा व्यवस्थाले पनि विद्यार्थीलाई हरेक कुराको निश्चितता तोकिदिएको हुन्छ । मात्र अरूले तोकेको गन्तव्य पछ्याएर नेतृत्व सीप विकास हुँदैन । त्यसैले पढाइ सकिएपछि र कलेजबाट निस्किने बेलामा सबै कुरा अनिश्चित भइदिन्छ ।
हाम्रो समाजमा केटाकेटीलाई आपैmँ सोच्न वा निर्णय लिन लगाउने प्रचलन छैन । अरूले डो¥याएको बाटोमा हिँडेर आफ्नो लक्ष्य ठम्याउन सकिँंदैन । त्यसले निर्णय क्षमताको विकास पनि हुँदैन । त्यसैले कतिपय विद्यार्थीहरू विद्यालय सकिएपछि आफ्ना साथीले रोजेको कलेज र विषय नै रोज्न पुग्छन् । त्यसो गर्दा आफ्नो दिमाग चलाउनै परेन ।
वास्तवमा हामीले विद्यालय वा कलेजमा पढ्दै गर्दा भविष्यको लक्ष्य स्पष्ट गर्न सके अन्योल धेरै कम हुन्थ्यो । मैले विद्यालय पढ्दाको दिन सम्झन्छु । मेरो कक्षाका विद्यार्थीहरूमा दुई–चार मेधावी विद्यार्थी थिए । तिनीहरू आपूmले पछि अपनाउने पेसाका विषयमा स्पष्ट थिए । नियमित पढाइसँगै त्यस विषयको जानकारी पनि लिंदै थिए । बाँकी विद्यार्थी पढ्दै त थिए तर उनीहरूमा भविष्यको सोच बिलकुलै थिएन । म पनि तिनैमध्ये थिएँ ।
कलेजमा पढ््दा पनि मेरा दुई मित्रहरू बाहिरी दुनियाँको ज्ञान राख्थे । उनीहरू कलेजमा हुँदै एन. जि. ओ., आइ. एन. जि. ओ. का विषयमा जानकार थिए । पढाइपछि उनीहरू चाँडै नै त्यतातिर लागे । मैले भने धेरै वर्ष कुर्नु प¥यो । धेरै वर्ष अन्योलमा बिताउनु प¥यो । एलिसको सम्वादमा जस्तै बेफ्वाँकमा निक्कै धेरै हिँड्नु प¥यो ।
धेरै युवाहरू सोध्ने गर्छन् — नेतृत्वसीप के हो ? नेतृत्वसीपको पुस्तकमा लेखिएको छ — जसले अरूले भन्दा परको कुरा देख्छ, त्यो नेता हो । जति धेरै प्रभावकारी नेता, उसले त्यति नै धेरै परसम्म देख्छ । लक्ष्यसम्बद्ध कुरामा उसको ज्ञान पनि धेरै हुन्छ । साथै, तयारी पनि धेरै पछिसम्मको हुन्छ ।
अन्यौलता युवावस्थामा मात्र होइन, जीवनको हरेका मोडमा आउनसक्छ । त्यसैले एउटा लक्ष्य प्राप्तिपछि अर्को लक्ष्य राख्नुपर्छ । जीवनमा कुनै अवस्थामा धेरै अन्योल छायो भने सोच्नुपर्छ कतै जीवनमा लक्ष्यको कमी त भएन ? युवावस्थामा सफल भएर पनि त्यही सफलतामा रमाएर उमेर सुहाउँदो नयाँ लक्ष्य राख्न नसक्दा अन्योलमा परेको प्रौढहरू पनि मैले देखेको छु । एकातिर उमेरअनुसार आवश्यकता बदल्दै जान्छ भने अर्काेतिर समयले धेरै परिवर्तन ल्याइरहेको हुन्छ । त्यसैले उमेरअनुसार लक्ष्य परिवर्तन र परिमार्जन गर्दै जानुपर्छ । आज हामीले राख्ने लक्ष्य कम्तीमा पन्ध्र वर्षपछिको सोच राखेर बनाउनुपर्छ । परसम्मको दृष्टि भनेकै यही हो । भविष्यको लागि हाम्रो तयारी पर्याप्त छ भने हामी सायदै मात्र अन्योलमा पर्छौं ।
(मानन्धर नेतृत्व विकाससम्बन्धी तालिम दिन्छन् ।)

Leave A Comment