दसैँमा घर जाँदाको समस्या

आइतबार, २५ भदौ २०७४, ०१ : ४५ शुक्रवार , Kathmandu
दसैँमा घर जाँदाको समस्या

मेघराज राई
ओखलढुंगा
दसैँमा घर जानलाई त एकदमै समस्या हुन्छ नि ! त्यसको कुरा गरेर साध्य छैन । असोजको पहिलो हप्ता नै दसैँ छ तर अहिलेसम्म पनि टिकट खोेलेको छैन । टिकट नपाएर एकदमै समस्या हुन्छ ।
आशीष शर्मा
दाङ
यसपालि दर्सैँमा घर जादिनँ । म अहिले दसैँँमा जानुभन्दा अरु कुनै बेला जान्छु । कसैले नपाएको दुःख पाइन्छ दसैँमा घर जाने बेला । टिकट काउन्टरमा प्याक हुन्छ । आफूलाई मनपर्ने सिट पाउन गाह्रो हुन्छ । यसपालि परीक्षा पनि आउन लागेको छ । त्यसैले घर नजाने निर्णय गरेँ ।
अनिल प्रधान
सिन्धुपाल्चोक
यस वर्ष म घर जाने व्यापक तयारीमा छु । आज बिहीबारदेखि टिकट खोल्छ । टिकट लिन धेरै गाह्रो हुन्छ । आफू त सके बसमा जाने हो, नत्र त काठमाडौँबाट नजिकै भएकाले दाइसँग बाइकमा जान्छु होला । त्यसैले मलाई चिन्ता छैन । बसमा गयो भने सिट पछाडिको प¥यो भने त बान्ता आउँछ मलाई ।  
अशोक पण्डित
दाङ
यो  दसैँँमा घर नजाने । सबैजना यतै हुनुहुन्छ । गाउँमा कोही पनि छैन । भूकम्पपछि सबै काठमाडौँमा नै बसेका छौँ । हामी यो दसैँँ चाहिँ काठमाडौँमा नै मनाउने हो । पहिला त गाडीमा जाने गथ्र्यौं । रातिको गाडीमा जाँदा भोलिपल्ट बिहान घर पुग्नेबेला त सबै जिउ दुखेर हैरानै हुन्छ ।
विक्रम मान्नधर
विराटनगर
अरु चाहिँ दसैँ मनाउन गाउँ जान्छन्, म भने सहर आउने गर्छु । म विराटनगरमा पढ्दैछु । अनि दसैँँमा यता घर आउँछु । दसैँका बेला टिकट पाउन एकदम गाह्रो छ । मलाई त गाडीमा गाह्रो हुने देख्दा त घर नै जान मन लाग्दैन तर के गर्ने ? दसैँँ र तिहारमा नै हो बिदा हुने भनेको । त्यसैले म त टिकटको सास्ती बेहार्नुपर्छ भनेर अस्ति नै आएको ।
सिमरन थापा
गोरखा
दसैँँमा घर जाँदैछु । गोरखा जाने बाटो बिग्रेको छ । उताको बाटो समय–समयमा बन्द हुन्छ । बाटो नमिलेकाले जाम पनि हुने समस्या छ । झन् अहिले बस पनि राम्रो हुँदैन । नजाउँ भन्दा दसैँमा मात्र बिदा हुन्छ अफिसमा पनि । सबै नातेदार उतै छन् अनि टीका लाउन पनि जानै प¥यो ।
उत्सव न्यौपाने
बाह्रबिसे
यसपालि दसैँँमा घर जान्नँ । बाटो राम्रोसँग व्यवस्थित भएको छैन । उता धेरै नातेदार पनि छैनन् । सबै यतै काठमाडौँमा बसेका छन् । पहिला त घर जाँदा सिट नपाएर मुडामा, बीचमा केही सामान राखेर, बसेर पनि गएको छु । त्यस बेला कम गाह्रो भएको थिएन ! त्यस्ता कुरा सम्झँदा त घर जानै मन लाग्दैन ।
सुजन माक
विराटनगर
आफू त पहिला विराटनगरबाट धेरै पैसा परे पनि प्लेनबाट आउँथेँ तर अहिले भने बाढीका कारण हवाई सुविधा पनि कम नै चल्छ जस्तो छ । त्यसैले जाने–नजाने फिक्स छैन । समस्या धेरै छन् । गाडी बीच बाटोमा नै बिग्रन्छ ।
मनोज तामाङ
इलाम
इलाम जाने बेलामा पनि गाडीमा दुई दिन जस्तो बस्नु पर्छ । अति गाह्रो हुन्छ । दिनभरि रातभरि गाडीमा बस्दा त टाउको त घुमिराख्छ । मलाई त घर जाने बेलामा गाडीमा बसेर नै कसरी जाने जस्तो हुन्छ तर पनि जानै भएकाले गइन्छ ।
सवीन्द्र श्रेष्ठ
बाह्रबिसे
म यसपालि गाउँ जान्नँ । अहिले झन् पहिरो पनि आएको छ अलिअलि । पहिला जाने बेलामा त एकदिन लाग्छ । गाडीबाट गएर पनि अझै हिँडेर घर पुग्नुपर्छ । टिकट लिनलाई एक दिनजस्तै लाइनमा बस्नुपर्ने हुन्छ । हामीजस्ता साधारण यात्रुलाई गाह्रो छ ।
प्रस्तुतिः रेणु त्वानाबासु

 

Leave A Comment