प्राकृतिक उपायबाट सुन्दर अनुहार

सोमबार, २६ भदौ २०७४, ०९ : २२ शुक्रवार , Kathmandu
प्राकृतिक उपायबाट सुन्दर अनुहार

सुख्खा र फुस्रो छालाले धेरैलाई समस्या भइरहेको हुन्छ । छालाको सुख्खापन र फुस्रोलाई हटाउन प्राकृतिक उपायबाट बनेको फेस प्याक प्रयोग गर्न सकिन्छ । बजारमा पाइने फेस प्याकहरुमा केमिकलको मात्रा धेरै हुन्छ । केमिकलले अनुहारमा असर पुर्याउन सक्छ । घरेलु तरिकाबाट बनेको फेस प्याक सस्तो र भरपर्दो हुन्छ । अनुहारलाई प्राकृतिक सुन्दरता दिन चिनीको प्याक, केरा र महको प्याक र तातो पानीको बाफको प्रयोग गर्न सकिन्छ ।
– चिनीको प्याक प्रयोग गर्दा छालाको सुन्दरता बढ्छ । चिनीमा रहेको खस्रोपनाले छालामा रहेको फोहरको थुप्रो तथा मरेको छलाका तन्तुहरुलाई सहजै बाहिर निकालिदिन्छ । यसले छालामा ताजगी ल्याउन सहयोग गर्छ । चिनी प्याक तयार गर्न आधा कप जैविक सेतो चिनी, आधा कप नरिवलको काँचो तेल र कपको एक चौथाई जैविक भुइँकटहरको रस लिनुपर्छ । यी सबैलाई राम्रोसँग मिसाउनु पर्छ । यो मिश्रणलाई आफ्नो अनुहारमा लगाएर बिस्तारै मसाज गर्नुपर्छ । केही समयपछि अनुहारलाई चिसो पानीले सफा गर्नुपर्छ  ।
–पाकेको केरा र महको फेस प्याक बनाउन एउटा पाकेको केरा र दुई चम्चा शुद्ध मह लिनुपर्छ । यसलाई मिक्स्चरमा राखेर घोल्नुपर्छ । त्यसपछि यो मिश्रणमा केही थोपा कागतीको रस मिसाउनु पर्छ । यो मिश्रणलाई प्रयोग गर्नु पहिले आफ्नो अनुहारलाई सफा गर्नुपर्छ । अब अनुहारमा यो मिश्रणको लेप दल्नुहोस् र करिव २० मिनेटसम्म त्यसै छाडिदिनुहोस् । अनुहारमा दलेको मिश्रण सफा गर्न चिसो पानी प्रयोग गर्नुपर्छ ।
– तातो पानीको बाफले पनि अनुहारलाई नरम बनाउँछ । यसका लागि आफ्नो अनुहारलाई एउटा तौलियाले ढाक्नुपर्छ र बाफ आउँदै गरेको पानीमाथि आफ्नो अनुहार घोप्टो पारेर पाँच मिनेटसम्म अड्याउनु पर्छ । त्यसपछि मन तातो पानीले अनुहारमा छ्याप्नुहोस् । यसले छाला ताजा, सफा र नरम हुन्छ । यसले अनुहार प्राकृतिक रुपले सुन्दर हुन्छ ।

Leave A Comment