भ्यालेन्टाइन डे गिफ्ट

मङ्गलबार, २७ भदौ २०७४, ०१ : ५६ शुक्रवार , Kathmandu
भ्यालेन्टाइन डे गिफ्ट

आदिम के.सी.
आज बिहानै उसको कलले मोबाइलको पहिलो रिङ बजायो । प्रायः साथीभाइको चिया निम्तोले बज्ने रिङ आज उसको कलले मोबाइलमा मधुर संगीत बजिरहेको थियो– पहाडमा जाडो बढे ... ।
मलाई लाग्यो साथीको निम्तो होला, सधैँझैँ कहिले चोक त कहिले चिया पसलमा भेला हुने, वकवासका गफ गर्ने, बेरोजगारीका समस्या साटासाट गर्ने, त्यही त हो हाम्रो दिनचर्या ! यहाँसम्म कि कहिले त गोजीमा सुक्को नभए पनि चिया पिइहाल्ने अनि घण्टौँसम्म चिया पसलमा वर्चश्व जमाउने, चियासँगै खाएको खाजाको रकम गोजी झार्दा पनि तिर्न नपुगेपछि फोन गरेर सुदीप दाजुलाई चियाको निम्तो गरी बिल तिर्न बाध्य बनाउने घटना पनि बारबार दोहोरिरहन्छन् । हाम्रो यो योजनालाई सुदीप दाजुले पनि बुझिसक्नुभएको छ, कति पटक त हाम्रै अगाडि यसको रहस्यलाई पनि छताछुल्ल पारिदिनु भएको छ । हाम्रो मुख लाजले रातो भए पनि यथार्थता स्वीकार्दै गजे, देबे र म तीनतिर फर्किएर मरीमरी हाँसेर बुझ पचाउने घटना पनि हामीले दोहो¥याइरहेका छौँ । गजे, देबे, टीका, डिल्ली, दिलु, बसन्ते, इन्द्रे, श्रीधर आदि आदि, हाम्रो दिनचर्या समस्याको मन्थनमा बित्ने गरेको थियो । कोही पढ्न भनेर सहर गएका, घरबाट अड्कल गरेर पठाएको पढाइखर्च त कोही परिवारको जिम्मेवारी लिएर बसेका छौँ । अक्षर अनि आवाज बेचेर आएको सानो रकमले आधारतभूत इच्छा आकांक्षा पूरा हुने कुरा त परै जाओस्, कुनै बेला भोकले जति जिस्काए पनि त्यसलाई टार्ने उपायसम्म पनि हुँदैनथ्यो ।
म नित्य कर्म गरेर कोठामा आउँदा आधा दर्जन मिसकल र मोबाइलको म्यासेज बक्समा दुई म्यासेजले अड्डा जमाइसकेका थिए । फोन रिसिभ नगरेर कलिङ कल मिसकलमा परिवर्तन भएका रहेछन् भने फोन रिसिभ नहुँदा रिसको आगोलाई निभाउने प्रयास स्वरुप दुई म्यासेज पठाएकी रहिछ उसले । मैले हतारमा म्यासेज बक्स खोली म्यासेजमा आँखा दौडाए, पहिलो म्यासेजमा लेखिएको थियो– पिलिज कल रिसिभ गर न, जरुरी काम छ । अनि दोस्रो म्यासेजमा लेखिएको थियो– मूर्ख यतिबेलासम्म सुतेको, किन हो कल रिसिभ नगरेको, भन्छन् केटाहरु निष्ठुरी हुन्छन्, केटीको मायाले कहिल्यै पनि पगाल्न सकिँदैन यो कुरा साँचो रहेछ, बस तिमीहरु त हाम्रो वासनाका लाछी मात्र हौँ, निष्ठुरी । उसको कल रिसिभ नगर्दा ममाथि उसले गरेका शंका उपशंका मेटाउन कल ब्याक गरेँ ।
 ऊ फोन रिसिभ गर्दै बोली, ‘भन निष्ठुरी किन कल गरेको ?’
    ‘गल्तीमा माफी माग्न,’ मैले भनेँ ।
‘माफी माग्न या सफाई पाउन ?’ उसले कठोर स्वरमा भनी ।
    ‘तिमीले जेसुकै भन तिमीले ममाथि त्यति धेरै शङ्का नै गर्न पाउँदिनौ,’ मैले तगारो लगाएँ ।
    ‘तिमी को हौ मेरो स्वतन्त्रतामा बन्देज लगाउने ?’ उसले  सवाल उठाई ।
‘तिम्रो जीवनको एक पाटो,’ म हाँसे ।
    ‘पागल मान्छे, जसलाई कल रिसिभ गर्न फुर्सद छैन, उसैले जीवनको एक पाटो भन्छ,’ ऊ पनि हाँसी । उसको हाँसोको कल्पनामा म डुबेँ, सायद यसको यो हाँसो फिस्स नै होला । यस्ता अपत्यारिला  कुरामा ऊ अक्सर फिस्स नै हाँस्छे ।
    हाम्रो जिस्काईले कहिले तँसम्मको रुप लिन्थ्यो, त्यसलाई हामी सहजै मान्थ्यौँ, त्यसैमा हामी आनन्दित हुन्थ्यौँ पनि । उसको हाँसोको भाव मैले बुझेँ । उसको रिसको पारो कम भएछ, अनि सोधेँ– ‘अँ भन, एकाबिहानै किन कल गरेकी ?’
‘बुद्धु, किन गर्नु ’नि माया लागेर गरेको, त्यति पनि बुझ्दैनौ ?’ उसले जवाफ दिई ।
‘त्यति मात्र होइन कि ? केही विशेष नै काम थियो कि भनेर पो सोधेको त !’ मैले भनेँ ।
‘थियो नि, भुलक्कड अस्ति मैले के भनेको थिएँ, भुल्यौ होइन ? आज के हो सम्झ त अनि आजको दिन हाम्रो कहाँ जाने प्लान छ, यस्तासँग पनि के कुरा गर्नु !’ ऊ बर्बराउन थाली ।
मैले भित्ताको क्यालेन्डरमा आँखा दौडाएँ, ‘ओहो, आज त शनिबार पो रहेछ ! मतलब प्रणय दिवस !’ अनि उसको एकोहोरो बर्बराहटलाई रोक्दै भनेँ, ‘किन थाहा नपाउनु ! तिमीले के गछ्र्याै भनेर पो थाहा नपाएको जस्तो गरेको । अँ सुन, आज अलि चाँडै आऊ है ।’
 ‘हवस् महाशय, आफू चाहिँ चाँडो आउन नभुल नि !’ उसले फोन राखी ।
आज शनिबार, सधैँ म अबेर हुन्थेँ, आज त समयमै पुग्नु छ, उसलाई सरप्राइज पनि दिनुछ । मैले छिटोछिटो तयारी गरेँ तर म पुग्दा ऊ पहिले नै पुगिसकेकी थिई ।
म अलि ढिला भएकाले ऊ रिसाउनु स्वभाविक नै थियो । त्यसलाई मैले नमज्जा मानिनँ र खुलेर सदाझैँ बोल्न पनि सकिनँ । मात्र भनेँ, ‘सरी’ ।
हामीले एकान्त ठाउँ रोजेको भए पनि आज हाम्रैजस्तो उद्देश्यका थुप्रै युवायुवतीहरुले आज यो ठाउँ एकान्त बन्न पाएको थिएन । तैपनि उसको इसारामा हामी अलि केही एकान्तमा पुग्यौँ । बिदालाई उपयोग भनौँ या दुरुपयोग भनौँ, हामीजस्ता युगल जोडी त्यहाँ बग्रेल्ती देखिन्थे । हामी जस्तै सबै त्यहाँ प्रेममा लिप्त थिए, कसैलाई कसैको पर्वाह थिएन । न त कसैलाई कसैको डर र लाज नै थियो । आ–आफ्ना प्रेमीप्रेमिकाको आलिंगनमा सबै हराएका थिए, कतिपय अश्लील दृश्यले पनि त्यहाँ उपस्थिति जनाएका थिए । हामी पनि एक अर्कामा हरायौँ । प्रेमका मीठा–मीठा कुरामा हामी लीन थियौँ । मानौँ आज हामी स्वतन्त्र छौँ, हाम्रो आकांक्षालाई कसैले रोक्न सक्दैन, न त समाज नै हाम्रो अगाडि तगारो बनेर आउनसक्छ । आज हाम्रो प्रेमले विजय प्राप्त गरेको छ, हामी विजयोत्सवमा सहभागी छौँ । समयले सन्ध्यालाई स्वागत गर्ने बेला भइसकेको रहेछ । वरिपरि २÷४ जोडीभन्दा धेरै थिएनन् । दिन ढल्किसकेको थियो ।
मैले भनेँ, ‘आन्बी, अब हामी जानुपर्छ ।’
‘कहाँ जाने ?’ उसले सोधी ।
‘गन्तव्यतर्फ,’ मैले भनेँ ।
‘कहाँ हो गन्तव्य मलाई थाहा छैन,’ उसले भनी ।
‘हिजोअस्ति जहाँ–जहाँ बास बसेका थियौँ, त्यहीँ,’ मैले गन्तव्य निर्धारण गरेँ ।
‘तर आजको गन्तव्य एउटै हुनुपर्छ,’ उसले भनी ।
‘हुँदैन, त्यो बेला आएको छैन अझै,’ मैले इन्कार गरेँ ।
‘आज मैले जे भने पनि मान्नुपर्छ,’ उसले आदेशरुपी सीमा बनाई ।
‘हुन नसक्ने कुरालाई नियमको डोरीले बाँध्नु हँुदैन,’ मैले भनेँ ।
‘पिलिज, आज उम्कने प्रयास नगर, मलाई दुःखी नबनाऊ,’ उसले बिन्ती गरी ।
उसको जिद्दीसामू मेरो केही लागेन । अन्ततः म उसको इच्छाको सिकार भएँ, म उसैसँग जानुपर्ने भयो । मनभरि डर, त्रासका भावना अनि थोरै थोरै हर्ष बोकेर साँझमा पुग्यौँ । साँझको खानपिनपछि हामी प्रेमवार्तामा रमायौँ, दिउँसोझैं एक अर्कामा हरायौँ । यहाँ त झन् निष्फिक्रीका साथ हामी प्रेममा लिप्त थियौँ ।
उसले वासनात्मक प्रेमको माग राखी ।
मैले इन्कार गरेँ, ‘बिहे अगाडि यस्तो गर्नु हुँदैन । अहिले नै हामीले त्यो पर्खाल तोड्यौँ भने ‘सुहागरात’को के अर्थ ?’
तर ऊ प्रेममा लिप्त थिई, प्रेमका धेरै कुरा मलाई सिकाइरहेकी थिई, मानौँ ऊ मेरो लभ गुरु नै हो ।
 ऊ अद्र्ध बेहोसीझैँ आफ्नो प्रेम अभिव्यक्त गरिरहेकी थिई, मलाई आफ्नो बाहुपाशमा कैद गरिरहेकी थिई ।
मैले भने्ँ, ‘आन्बी, सेभ इयोर मेड अन ।’
ऊ प्रेमको पागलपनमै  बोली, ‘आई अल्रेडी लस्ट माई भर्जिनिटी ।’
म हठात् बोलेँ, ‘ह्वाट ?’
उसले भनी, ‘एस, कम अन, आई अल्रेडी लस्ट माई........!’

Leave A Comment