डेब्युमै बोल्ड राई लक्ष्मी

मङ्गलबार, २७ भदौ २०७४, ०२ : ०५ शुक्रवार
डेब्युमै बोल्ड राई लक्ष्मी

दक्षिण भारतीय फिल्ममा चर्चित नाम हो राई लक्ष्मी । उनै लक्ष्मी अब केही समयमै बलिउडमा डेब्यु गर्नेछिन् । केही दिन अघि आएको जुली २ फिल्मको टिजर आएसँगै उनको कामूकता बलिउडमा छताछुल्ल हुने पक्का भएको हो । टिजरमा लक्ष्मीका बोल्ड सिनहरुले प्राथमिकता पाएका छन् । लक्ष्मीको ५० औं फिल्मका रुपमा उनी बलिउडमा लिड एक्ट्रेसका रुपमा प्रस्तुत हुनेछिन् । जुली २ २००४ को फिल्म जुलीको सिक्वेल हो । जुली बोल्ड किसिङ सिनक र प्रेमालापकै कारण चर्चामा आएको थियो । रोचक त के छ भने फिल्मका लागि राईले ९६ भिन्न पोसाक लगाउनेछिन् । फिल्मको कथा बलिउडको रंगिन संसारका अँध्यारा पाटासँगै अन्डरवल्र्ड र राजनीति वरिपरि घुम्ने छ । फिल्मलाई सेन्सर बोर्डका पूर्व अध्यक्ष पहलाज निहलानीले प्रस्तुत गर्नेछन् ।

 

Leave A Comment