एकै दिन आफ्नै फिल्म

मङ्गलबार, २७ भदौ २०७४, ०२ : ११ शुक्रवार
एकै दिन आफ्नै फिल्म

बिहे गरेर ढुक्कसँग बस्न खोजेकी निशा अधिकारीलाई तनावले त्यसै छाड्ला जस्तो छैन । साना–साना कुरामा पनि ‘हेभी रियाक्सन’ दिने निशालाई पछिल्लो समय आफ्नै फिल्मले तनाव दिएका छन् । निशाको संलग्नता रहेका दुवै फिल्म एकै दिन रिलिज हुने भएपछि निशाको निद हराम भएको हो ।
वैशाखमा रिलिज हुन लागेको ‘रोमियो’ चुनावका कारण मिति सार्न बाध्य भयो । फिल्म कात्तिक २४ मा पुग्यो । यता निशाले आफ्नै लगानीमा बनाएको फिल्म ‘झ्यानाकुटी’ भदौ ८ मा रिलिज हुने तयारीमा थियो तर फिल्म तयार भएन कि के भयो, फिल्म थाहै नदिई सो मितिबाट स¥यो । यता वितरकले यो फिल्मलाई पनि कात्तिक २४ मै रिलिज गर्न दबाब दिइरहेका छन् । यदि साँच्चिकै दुवै फिल्म एकै मितिमा आउने भए भने निशाले कुन फिल्म प्रमोट गर्लिन् त ? त्यो चाहिँ हेर्न पत्रकारहरुलाई मज्जै आउला ! कलाकारको जीवनमा  सबैथोक आओस् तर निशालाई जस्तो धर्मसंकट नआओस् !!

 

Leave A Comment