जोलीको पछुतो

मङ्गलबार, २७ भदौ २०७४, ०२ : २० शुक्रवार , Kathmandu
जोलीको पछुतो

अभिनेता पती ब्राड पिटसँग डिर्भोस गरेसँगै एन्जोलीना जोलीका दिनहरु खराब भन्दै गइरहेका छन् । विच्छेदसँगै जोलीलाई मुटु छियाछिया भएको र एक किसिमको तनाव सिर्जना भएको हलिउड पण्डितहरु बताउँछन् । गत जुलाईको भ्यानीटी फेयरको अन्तवार्तामा उनले यो कुराबारे स्पष्ट विचार दिएकी थिइन् । उनले भनेकी छन्, ‘विच्छेद पछि हामीहरु निकै गाह्रो अवस्थामा परेका छौं । म र मेरा छोराछोरीहरु पनि यो कुराले निराश छन् । तर पनि म मेरो भत्केको जीवनलाई पुनः टालटुल पार्ने र पहिलेजस्तै पार्न चाहन्छु ।’ जोलीले सम्बन्ध विच्छेदको गरेको महिना दिनदेखी नै घर परिवारमा समस्याहरुले बास गर्न थालेको बताएकी छन् ।

Leave A Comment