माहुरीको दाह्री बनाएर विश्व कीर्तिमान

बुधबार, २८ भदौ २०७४, १० : ०६ शुक्रवार
माहुरीको दाह्री बनाएर विश्व कीर्तिमान


क्यानडाका एक मानिसले आजसम्मकै धेरै माहुरी भेला गरेरर ठूलो ‘बी–बर्ड’ बनाएसँगै विश्व कीर्तिमान राख्न सफल भएका छन् । योसँगै उनको नाम गिनिज बुकमा लेखिने भएको छ । जुआन कार्लोस नोगुइएज ओर्टिज नामका ती व्यक्ति अन्टारियोको फार्ममा माहुरी पाल्दै आएका छन् । उनले कीर्तिमान कायम गर्न एक घण्टा लगाएर माहुरी भेला गरेका थिए । यसपटक उनले यसअघि आफैँले राखेको कीर्तिमान तोडेका छन् । उनले आठ मिनेटसम्म माहुरीलाई दाह्रीका रुपमा पहिरिएका थिए । समाचारहरुमा आएका भिडियो हेर्न हो भने उनकोे सबै अनुहार माहुरीले ढाकिएको र उनी शान्त रुपमा बसेको देखिन्छ । माहुरीको दाह्री लगाउँदा उनलाई एक दुई ओटा माहुरीले चिलेका पनि थिए । तर उनी हलचल नगरी आफ्नो कीर्तिमान तोड्न धीर रहेर बसे । रेकर्ड तोड्ने समारोहअघि उनले दुईपटक माहुरी राखेर अभ्यास गरेका थिए । आगामी फिल्म ‘ब्लड हनी’को प्रचार समेतको गरिएको उक्त समारोहका लागि डिकी बी हनी आइएनसीबाट १,००,००० माहुरी मगाइएको थियो ।

 

Leave A Comment