जिम जाँदै हुनुहुन्छ ?

बुधबार, २८ भदौ २०७४, १० : १४ शुक्रवार
जिम जाँदै हुनुहुन्छ ?

शरीरलाई आकर्षक देखाउन अचेल जिम जानेहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ । जिम सेन्टर गएर बढीभन्दा बढी तौल उचाल्ने शारीरिक अभ्यास गर्न थालेपछि एकाएक शरीरमा सिक्स प्याक देखापर्न थाल्छ भन्ने भ्रम धेरैमा पाइन्छ । तर आफ्नो शरीरको अवस्था, उमेर, उचाइ आदिका बारेमा पर्याप्त जानकारी बिना र दक्ष फिट्नेस गुरुबिना जति नै धेरै तौल उचाले पनि शरीर राम्रो बन्न सक्दैन । जिम सेन्टरमा जानुभन्दा पहिला आफ्नो शरीरको अवस्थाबारे जानकारी लिनु निकै राम्रो हुन्छ ।  
मानिसको शरीर तीन प्रकारका हुन्छन्, जसलाई एक्टोमर्फ, मेसोमर्फ र एन्डोमर्फ भनी छुट्याइएको छ । एक्टोमर्फ किसिमका शरीर हुनेहरू दुब्ला हुन्छन् र उनीहरूको शरीरको हड्डी पनि सानो हुन्छ । यस्ता शरीर भएकाले फिट्नेस सेन्टर ज्वाइन गर्नुअघि तौल बढाउने डाइट खानुपर्ने हुन्छ । शरीरमा चाहिने जति तौल भएन भने जिम गरेर मात्र शरीर आकर्षक देखिदैन । त्यसैले दुब्ला व्यक्तिले जिम जानुअघि फिट्नेस विशेषज्ञसँग सल्लाह गरेर कति तौल बढाउने र शारीरिक अभ्यास गर्ने भनी जानकारी लिनुपर्छ ।
मेसोमर्फ शरीर हुनेहरूको हड्डी ठूलो हुन्छ । बनावटको हिसाबले यस्तो शरीर भएकालाई आकर्षक मान्छेको सूचीमा राखिन्छ । यस्तो शरीर भएकाले थोरै मेहनत गरेर पनि आफ्नो शरीर आकर्षक बनाउन सक्छन् । न साह्रै दुब्लो र न साह्रै मोटो हुने भएकाले शरीरिक व्यायाम गर्दा यस्तो टाइपका शरीर हुनेहरूमा नतिजा राम्रो आउँछ । एन्डोमर्फ शरीर भएका मानिसहरु मोटा र शरीरमा बोसोको मात्र बढी भएका हुन्छन् । शरीरको फ्रेम ठूलो हुन्छ । तौल पहिला नै बढी हुने भएकाले तौल बढाउनु पर्दैन । यस्ता शरीर भएकाले निकै मेहनत गरेपछि मात्र शरीर आकर्षक बनाउन सक्छन् ।
फिट्नेस भन्नेबित्तिकै हामी सबैले शारीरिक बनावट तन्दुरुस्त राख्ने भन्ने बुझ्छौँ । तर शारीरिक व्यायामले मानसिक तथा अत्मविश्वासको तह पनि बढाउँछ । व्यायाम शारीरिक सुगठनका लागि मात्र गरिँदैन भन्ने बुझ्नुपर्छ । शरीर र मनलाई स्फूर्त राख्नका लागि फिट्नेस सेन्टरमा गइन्छ । हरेक दिन शारीरिक व्यायामका लागि थोरै समय दिँदा मात्र पनि शरीर, मन र दिमाग स्वस्थ बनाउन मद्दत पुग्छ ।

Leave A Comment