सेक्सको लत के हो ?

आइतबार, ०१ असोज २०७४, १२ : ०४ शुक्रवार
सेक्सको लत के हो ?

२३ वर्षीया अमियाडा मिकलकलिन सधैँ आफूमा यौन उत्तेजना महसुस गर्छिन् । सन् २०१३ मा के थाहा पाइन् भने उनलाई पर्सिस्टेन्स जेनिटल अराउजल डिसअर्डर (पिजिएडी) नामक रोगबाट पीडित रहिछन् ।
कैयौँ वर्षसम्म अमियाडा र उनकी आमाले आखिर यस्तो किन हुन्छ भनेर बुझ्न सकेनन् किनभने कुनै पनि व्यक्ति हरबखत यौन उत्तेजनाबाट ग्रसित हुनु सजिलो कुरा पक्कै होइन ।
अमियाडाले बिबिसीसँग भनिन्, ‘१३–१४ वर्षको उमेरमा नै मैले सेक्स उत्तेजनाबाट ग्रसित हुन थालेकी थिएँ । कुनै कुनै बेला उत्तेजना हुनु त बरु राम्रै कुरा हो, हरबखत यही रोग हावि हुँदा भने मलाई बडो तनाव हुन्थ्यो । ठाउँ न कुठाउँमा यस्तो अनुभव गर्नु पक्कै पनि रमाइलो कुरा होइन ।’
‘मलाई सधैँ सेक्सको आवश्यकता महसुस हुन्थ्यो,’ उनले भनिन्, ‘मलाई अग्र्याजम चाहिन्थ्यो । १८वर्षको उमेरसम्म त आफूलाई अति असामान्य टिनएजरका रुपमा छु भन्ने थाहा पाइसकेकी थिएँ ।’
अमियाडाकी आमा भिक्टोरिया भन्छिन्, ‘छोरी यौनिक रुपमा अति सक्रिय रहेको निकै पहिले थाहा भइसकेको थियो । ऊ जतिबेला पनि सेक्स र सेक्ससम्बन्धी कुराप्रति उत्सुक हुने गर्थी ।’
अमियाडा भन्छिन्, ‘मानिसहरुलाई म सेक्सको लतको शिकार छु भन्ने लाग्थ्यो । हरेक दिन म आफैँसँग संघर्ष गरिरहेकी हुन्थेँ । मलाई सबै कुरा अनौठो लाग्थ्यो । म सोसल मिडियाबाट टाढै बस्थेँ र केही गर्न मन लाग्दैनथ्यो । हरबखत सेक्सका बारेमा मात्र सोच्थेँ ।’
यतिबेला भने अमियाडा र उनका ब्वाइफ्रेन्ड जोजो यस रोगबाट उम्कने बाटो खोजिरहेका छन् । दुवैको एक वर्षअघि भेट भएको थियो । त्यसबेलादेखि उनीहरुबीच सामीप्य मात्र बढेन, धेरैथोक पनि अघि बढ्यो । दुवै बिहे गर्ने सोचम पुगे भने मगनी पनि गरिहाले । आफ्नो समस्या उनले आफ्नो ब्वाइफ्रेन्ड जोजोलाई बताइन् । जोजोले पनि सहयोग गरे । ‘जोजोलाई मेरो समस्याबारे थाहा पाएपछि खासै दुःखी भएका छैनन्, उनले समस्याबाट निस्कनका लागि सहयोग गरिरहेका छन्,’ अमियाडा भन्छिन् ।
जोजोले उनलाई अस्पताल लैजान, सुई लगाउन र चाहिएका सबै किसिमको सहयोग गरिरहेका हुन्छन् ।
अमियाडाको उपचारमा संलग्न मिसिगन विश्वविद्यालयकी प्राध्यापक प्रियंका गुप्ताले उनको उपचारका लागि ३० वटा भिन्दाभिन्दै तरिका अपनाइरहेकी छन् ताकि अमियाडाको अवस्थामा सुधार आओस् ।
यस्तो रोग कसरी लाग्छ ? प्रियंका भन्छिन्, ‘यसको खास कारण कसैलाई पनि थाहा छैन । बरु अमियाडालाई उपचार गर्न कैयौँ थेरापीहरु दिइरहेकी छु । अवस्था सुधारोन्मुख छ ।’
यस रोगलाई छोटकरीमा पिजिएडी भनिन्छ । यसले मानिसलाई तनाव दिइरहन्छ । सुरुमा यसलाई बुझ्न निकै गाह्रो हुन्छ । कैयौँ पटक त सेक्सको अति चाहका कारण लज्जाबोध पनि झेल्नुपर्ने हुन्छ । कुनै निश्चित उमेरसमूहका व्यक्ति यसबाट पीडित हुन्छन् भनेर ठोकुवा गर्न सकिँदैन । जवान वा बूढा जोसुकै पनि यसको चपेटामा पर्न सक्छन् ।
कसरी चिन्ने ?
-    यौन उत्तेजनाको अवधि निकै लामो हुन्छ । यो घण्टामा मात्र सीमित हुँदैन, हप्तौँ र महिनौँसम्म उत्तेजना महसुस भइरहन्छ ।
-    यौन उत्तेजना एक या दुई पटकको सेक्सबाट पूरा हुँदैन ।
-    यसमा यौन उत्तेजना बिल्कुल अनियन्त्रित, अनुचित हुन्छ ।
-    पिजिएडीले यौन गतिविधिलाई सक्रिय मात्र बनाउने होइन कि अन्य किसिमका चिजले पनि उत्तेजनाको महसुस गराउँछ ।
-    यसबाट पीडित व्यक्तिले बढी नै तनाव महसुस गर्छन् ।
-    यस रोगका मानिसहरु अवसादग्रस्त हुन्छन् । त्यो डिप्रेसन यति बढ्छ कि कसैले त आत्महत्या गर्नेबारे पनि सोच्छन् ।

 

Leave A Comment