आइटम फापेकी सन्नी

आइतबार, ०३ मङि्सर २०७४, ०१ : ३३ शुक्रवार
आइटम फापेकी सन्नी

कुनैबेला पोर्न फिल्ममा एकछत्र राज गर्दै आइरहेकी सन्नी लियोनलाई बलिउड मज्जैले फापेको छ । दुई दर्जनभन्दा बढी बलिउड फिल्ममा आफ्नो अभिनय एवं प्रस्तुति दिइसकेकी उनको अभिनय जस्ताको तस्तै छ तर पनि उनको अभिनय जस्तोसुकै भए पनि उनलाई फिल्ममा कहीँ कतै आइटम नम्बरमा समावेश गर्न लालयित निर्देशकहरु धेरै छन् । शाहरुख खान र सञ्जय दत्तका फिल्ममा आइटम नाचेकी उनै सन्नी अर्को वर्ष आउन लागेका सलमानको ‘रेस–३’ र आमिर खानको ‘ठग अफ हिन्दुस्तान’मा आइटम नम्बरमा प्रस्तुत हुने कुरा बाहिरिएको छ । आइटममा नम्बर वान भएकी सन्नीको बलिउड यात्रा आइटममै मात्र सीमित हुने त होइन ? उनको भविष्यलाई लिएर बलिउडमा ठूलो प्रश्न चिह्न खडा भएको छ ।

 

Leave A Comment