सत्र वर्षपछि भारतिय मिस वल्र्ड

शनिबार, ०९ मङि्सर २०७४, ०२ : १२ शुक्रवार
सत्र वर्षपछि भारतिय मिस वल्र्ड

भारतको हरियाणाकी मानुषी चिल्लरले मिस वल्र्डको ताज पहिरिएसँगै सत्र वर्षपछि मिस वल्र्डको पगरी भारत ल्याएकी छन् । सन् २००० मा प्रिंयका चोपडा मिस वल्र्ड भएपछि मानुषी मिस वल्र्ड भएकी हुन् । २१ वर्षे मानुषी मेडिकल विद्यार्थी हुन् । चीनको सान्या सिटी एरेनामा भएको मिस वल्र्ड समारोहमा १०८ अन्य प्रतियोगीहरुलाई पछि पार्दै मानुषी मिस वल्र्ड घोषित भएकी हुन् । २०१६ की मिस वल्र्ड स्टेफिन डेल भलेले उनलाई मिस वल्र्डको ताज पहिरिदिएकी थिइन् । मानुषी नयाँ मिस वल्र्ड भएसँगै उनलाई भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै अन्य अभिनेता–अभिनेत्रीहरुले सामाजिक सञ्जालमार्फत उनलाई शुभकामना दिएका छन् ।

Leave A Comment