सेलेनाको कपाल देखेर जस्टिन फिदा

शनिबार, ०९ मङि्सर २०७४, ०२ : ५० शुक्रवार
सेलेनाको कपाल देखेर जस्टिन फिदा

युवापुस्तामाझ निकै लोकप्रिय हलिउड गायिका एवं अभिनेत्री सेलेना गोमेज ‘एएमए रेड कार्पेट’का लागि केहीदिन अघि कपाल छोट्यार बोलोन्डे अवतारमा प्रस्तुत हुँदा प्रशंसकहरु चकित हुनु नौलो कुरो थिएन । तर उनको बोलोन्डे अवतारलाई उनका प्रेमी जस्टिन बिबरले समेत प्रशंसा गरेका छन् । आफ्नो प्राकृतिक कालो कपाललाई लाइट टोन दिएको तस्बिर आजभोली सामाजिक सञ्जालमा हिट भएको छ । इन्स्टाग्राममा सेलेनाले पोस्टेको फोटोलाई साढे दस लाख प्रशंसकका साथै जस्टिनले समेत लाइक गरेका छन् । सेलेनको नयाँ अवतारको प्रशंसा गर्दै जस्टिनले उनलाई म्यासेज समेत गरेको बताइन्छ । केही वर्ष प्रेम सम्बन्धबाट टाढै रहेका जस्टिन पछिल्लो समय सेलेनासँगै देखिन थालेका छन् ।

Leave A Comment