हलिउड हल्लाउने सात सेक्स स्क्यान्डल

शुक्रबार, १५ मङि्सर २०७४, १२ : ५६ शुक्रवार
हलिउड हल्लाउने सात सेक्स स्क्यान्डल

गएको महिना हार्भे विन्स्टिनमाथि हलिउडका प्रख्यात अभिनेत्रीहरुले आफूमाथि यौन शोषण भएको आरोप लगाएपछि हलिउडका शक्तिशाली निर्माताले कसरी आफ्नो पदको दुरुपयोग गर्छन् भन्ने खुलस्त पारेको थियो ।
त्यससँगै हलिउड हल्लाउने अन्य यौन काण्ड पनि चर्चामा आएका थिए । हुन त हलिउड होस् या बलिउड कास्टिङ काउच, नयाँ अभिनेत्रीहरुमाथि हुने यौन शोषण कुनै नयाँ कथा हुँदै होइन । तर हलिउड नै हल्लाउने केही यस्ता काण्ड पनि आएका थिए, जसले वर्षौंसम्म त्यसको चर्चा बेलाबखत चलाइरहेको छ ।
१. फ्याटी आरबकल
हलिउडको पहिलो चर्चित सेक्स स्क्यान्डल १९२१ मा भएको थियो । एउटा पार्टीको अवसरमा भएको यो स्क्यान्डलमा लाखौं डलर कमाउने स्टारको नाम कुनै स्क्यान्डलमा परेको थियो । रोस्कोए फ्याटी आरबकल एक कमेडियन थिए । उनी इन्डस्ट्रीमा संघर्ष गर्दै रहेकी अभिनेत्री भर्जिनिया रेप्पेका साथ पार्टीमा उपस्थित थिए । उनीहरु दुवैजना एक होटलको बेडरुममा गए । केही समयमा भर्जिनिया चिच्चाएको सुनियो ।
होटलमा उपस्थित पाहुनाहरु हतारिँदै भर्जिनियाको कोठामा पुगे । भर्जिनियाले आफ्नो व्यथा सुनाउन थालिन् । भर्जीनियाले भनिन्, ‘हेर्नुस् उहाँले मलाई के गर्दै हुनुहुन्छ !’ व्यक्तिगत अंगहरुमा चोट पाएकी उनको एक सातामै मृत्यु भयो । भर्जिनियाका साथीहरुले बताए अनुसार फ्याटीले उनलाई बलात्कार गरेका थिए र मौका मिलाएर उनलाई मारे । फ्याटीलाई हत्याको आरोपमा मुद्दा हालियो । उनलाई तीनपटक सुनुवाई गरियो र अन्ततः उनलाई मुक्त गरियो । तर धेरैलाई लाग्छ कि यसमा फ्याटीकै गल्ती थियो र उनी प्रायः भीडको निशाना बनिरहे ।
२. एरोल फ्लिन
एरोल फ्लिनको जस्तो प्रतिष्ठा भएको हलिवुड स्टार अहिलेसम्म कोही छैन । उनलाई संसारकै सबैभन्दा सुन्दर व्यक्ति बताइन्छ । पर्दामा उनी तरबार चलाउने योद्धाका रुपमा प्रस्तुत हुन्थे । तर असली जीवनमा उनको पहिचान निकम्मा जँड्याहा र महिलाहरुसँग रात बिताउने व्यक्ति थिए । सन् १९४३ मा उनले कम उमेरको केटीसँग यौन सम्बन्ध राखेको आरोपमा अदालतमा उपस्थित हुन प¥यो । त्यस समय १७ वर्षकी बेटी हेन्सन र पेगी सेटरलीले आफूसँग सेक्स गरेको आरोप लगाएका थिए । पछि एरोललाई गिरफ्तार गर्दा उनले हेन्सनबारे बोल्दै भने, ‘म चकित छु । यो मेरो मगजभन्दा बाहिरको कुरा हो । मैले त उनलाई छोएको पनि छैन ।’ उनका वकिलले किशोरीहरुलाई विवाह गरेको पुरुषसँग सुतेको र गैरकानुनी गर्भपतन गराएको आरोप लगाए । नौ महिला र तीन पुरुषको समूहले एरोललाई आरोपहरुबाट मुक्त गराइदियो । आरोप लगाउने अर्की किशोरी पेगी सेटरलीले भनिन्, ‘मलाई यस्तो हुन्छ भन्ने पक्का थियो । सबै महिलाहरुले फ्लिनलाई प्रेमपूर्ण नजरले हेर्थे ।’ यसपछि नै फ्लिनको करियर उर्वर हुन सकेन ।
३. रोमन पोलान्स्की
रोमन पोलान्स्कीको यो किस्सा ४० वर्ष पहिले सुरुवात भएको थियो र अहिलेसम्म सल्टेको छैन । सन् १९७७ मा फिल्म निर्देशक रोमन पोलास्कीले ज्याक निकल्सनको हलिवुडस्थित उनको घरमा एक १३ वर्षे किशोरीसाथ सेक्स गरेका थिए । सामन्था गेलीका अनुसार उनले अनुमतिबिना यस्तो हर्कत गरेका थिए । भन्छिन्, ‘उनले किशोरीको नाइँनास्तीका बाबजुद कुकर्म गरेका थिए ।’ पोलान्स्कीलाई गिरफ्तार गरियो र उनलाई कानुन विपरीत यौन सम्बन्ध राखेको आरोप लगाइयो । ४२ दिन जेलको हावा खुवाएर उनको मनोविज्ञान आँकलन गर्ने भन्दै उनलाई केही समय यात्रा गर्ने छुट दिइयो । यसको फाइदा उठाउँदै उनले अमेरिका छाडे । यसपछि उनी बेलायत गए भने पछि आफ्नै देश फ्रान्स गए । युरोपमा रहेर फिल्म बनाउने कार्य जारी राखे । उनले सन् २००३ मा फिल्म ‘द पियानिस्ट’ का लागि अस्कर पनि जिते । आजसम्म पनि उनले कानुनी अड्चन बेहोरिरहेका छन् भने अस्कार अवार्ड लिन अमेरिका गएका छैनन् । सन् २००९ मा उनलाई स्वीट्जरल्यान्डमा नजरबन्दमा राखिएको थियो । अहिले आएर उनबाट पीडित किशोरी, जो यतिबेला पाको महिला भइसकेकी छन्, उनी पनि यो मामला रद्द गर्न चाहन्छिन् । पोलान्स्कीको सबैभन्दा ठूलो समस्या के भइदियो भने यसैबीच अन्य दुई महिलाहरु आएर पोलान्स्कीले यौन दुव्र्यवहारको आरोप लगाइसकेका छन् । रोमन पोलान्स्की अहिले उमेरले असी कटिसकेका छन् तर मुद्दाले छाडेको छैन ।
४. उडी एलन
उडी एलन हलिउडको एउटा संस्थाजस्तै भइसकेका छन् । छ भिन्न देशबाट काम गर्दै आइरहेका उनी निर्देशक, लेखक, अभिनेता र कमेडियन हुन् र अस्कर पनि हात पारिसकेका छन् । यति हुँदाहुँदै उनले विवादको सामना पनि गर्नुपरेको छ । सन् १९९२ मा उनी गलफ्रेन्ड मिया फेरोबाट अलग भए । यसको कारण थियो उनले सौतेनी छोरीसँग गिद्दे दृष्टि लगाएका थिए । ब्रेकअपपछि नै उनी निकै विवादमा आए । कारण थियो छोरी डायलन फेरालाई शोषण गरेको आरोप लाग्यो र त्यसबेला छोरी जम्मा सात वर्षकी थिइन् । यति हुँदाहुँदै उनले आरोपहरुको खण्डन गरिरहे । मनोवैज्ञानिकहरुको एउटा समूहले पनि डायलन शोषणमा नपरेको नतिजा निकाल्यो । अहिलेसम्म एक जना न्यायाधीशले यो अनुचित काम भएको बताउँदै आइरहेका छन् । फिल्म निर्माता उडी एलनबारे आरोप त आइलाग्छन् तर किशोरीहरुको हितका लागि भन्दै आरोपहरु पन्छाउँदै आइरहेका छन् । अहिलेसम्म पनि यो विवाद सल्टेको छैन । सन् २०१४ मा न्युयोर्क टाइम्समा एउटा खुला पत्र प्रकाशित भएको थियो । पत्रमा एक महिलाले लेखेकी छन्, ‘उनी मलाई कुरा गर्दागर्दै मेरो कानमा आएर तिमी निकै राम्री केटी हौ । वाचा गर्छु कि हामी अब पेरिस जान्छौं र तिमीलाई मेरो फिल्मको स्टार बनाउँछु ।’ खुला पत्रमा फिल्मकी अभिनेत्रीको नाम लेख्दै डायलनले भनेकी थिइन्, ‘क्याट ब्लेन्सेट, लुई सिके, एलेक बाल्डविन, यदि ऊ तपाईंहरुकी बच्ची भएकी भए के गर्नुहुन्थ्यो ? एम्मा स्टोन, स्कारलेट जोन्सन तपाईंहरुलाई यस्तै हुन्थ्यो भने के गर्नुहुन्थ्यो ?’ अहिलेसम्म उडीले आइपरेका सबै आरोपहरुलाई नकार्दै आइरहेका छन् । उनी अझै भन्छन्, ‘मैले डायलनलाई कहिल्यै शोषण गरेको छैन ।’
५. कोरी हाइम र कोरी फेल्डमेन
कोरी हाइम र कोरी फेल्डमेन निकै मिल्ने साथी थिए । उनीहरुको नाम मिल्ने हुनाले सबै जनाले उनीहरुलाई ‘दुई कोरी’ भनी सम्बोधन गर्थे । सन् १९८० को दसकमा उनीहरु युवाहरुका रोल मोडलसमेत थिए । उनीहरु दुवैले सात फिल्ममा सँगै काम गरे । ड्रग्सको कुलतमा परेका हाइम सन् २०१० मा बिते । उनको निधनपछि फेल्डमेनले आफ्नो बाल्यकालका कुराहरु सार्वजनिक गरे । फेल्डमेनको दाबी छ कि ११ वर्षको उमेरमा हाइमलाई एक व्यक्तिले फिल्मको सेटमै उनलाई बलात्कार गरेका थिए । पछिल्लो वर्ष हलिउड रिपोर्टरसँग कुरा गर्दै उनले भनेका थिए, ‘मेरोभन्दा धेरै शोषण उनकै भयो । मसँग केही व्यक्तिहरुले सामान्य छेडछाड पक्कै गरे तर हाइमलाई त बलात्कार नै गरे । साँच्चै भन्दा मलाई बलात्कार भने गरिएन ।’ फेल्डमेन हाइमलाई बलात्कार गर्नेको पुरुषको नाम आजसम्म बताएका छैनन् । डरकै कारण आफूले नाम नबताउने उनी बताउँछन् । उनको दाबी मान्ने हो भने हाइमलाई बलात्कार गर्नेहरुमध्ये एक हलिउडका निकै चर्चित मानिस हुन् ।
६. केसी एफलेक
केसी एफलेकले ‘म्यान्चेस्टर बाई द सी’ फिल्मका लागि अस्करको सर्वश्रेष्ठ अभिनेताको ताज पाए तर सन् २०१० मा एफलेकलाई दुई महिलाहरुलाई मुद्दा लगाइदिए । फिल्म निर्मात्री अमान्डा ह्वाइटले उनलाई स्वीकृति बेगर यौन कृत्य गरेको आरोप लगाइन् । आफूसँगै होटलमा रात बिताउने प्रस्ताव एफलेकले गरेको उनी बताउँछिन् । सिनेमाटोग्राफर मेगडेलाना गोरकाले पनि एफलेकलाई मुद्दा हालेकी थिइन् । आफू सुतेको समयमा एफलेक बिस्तारमा घुसेर यौन शोषण गर्ने प्रयास गरेको र यस्तो हर्कत निकैपटक दोहोर्याएको बताउँछिन् । एफलेकका वकिलहरुले सबै दाबीहरु झुठो साबित गराइदिए । पछि यी दुवै घटनालाई पैसाको मोलमोलाई गरेर अदालत बाहिरै सल्टाइयो ।
७. इवान राचेल वुड
सन् २०१६ मा वेस्टवल्र्डकी अभिनेत्रीले आफू दुईपटक बलात्कृत भएको बताएकी थिइन् । हार्भे विन्स्टिनको स्क्यान्डल आउनुअघि नै उनले एउटा लामो भिडियो जारी गर्दै आफूलाई शोषण गर्नेहरुको नाम सार्वजनिक गर्नुका साथै सार्वजनिक गर्नुको कारण बताएकी थिइन् । निकै शक्तिशाली पुरुषहरुका विरुद्ध आफूले यस्तो भिडियो निकालेको उनको दाबी छ । भिडियोमा राचेलले आफूलाई शोषण गर्नेहरुलाई अवार्ड समारोहको मञ्चमा देख्दा धेरैपटक मुर्मुरिँदै हिँडेको बताउँछिन् । आफूलाई जेजस्तो शोषण भएपनि अब आइन्दा त्यस्तो जालोमा आफू दोस्रोपटक भुलेर पनि त्यस्तो कुकर्ममा नपर्न चाहेको बताएकी छन् ।

Leave A Comment